अनुमानमा होइन तथ्यका आधारमा,भवितव्यमा होइन योजनवद्धमा काम गर्नुहोस – प्रधानमन्त्री ओली


प्रकाशित मिति : मंसिर १०, २०७५ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताउनुभएको छ । सरकारले गठन गरेको जनशक्ति प्राप्त  कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

विकासलाई द्रुतगतिमा कसरी बढाउनु पर्दछ भन्ने यो सरकारलाई जानकारी छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “छोटो समयमा कसरी छिटो विकास हुन्छ भन्ने कुरा हामी जनतालाई विश्वास हुने गरी देखाउछौं । प्रधानमन्त्री ओलीले योजनावद्ध विकासका लागि जनशक्तिको आवश्यक रहेको बताउनुभएको छ ।

“देशलाई हामी समृद्ध बनाउन चाहन्छौं । त्यसका लागि हामीलाई हरेक क्षेत्रमा कति जनशक्ति आवश्यक पर्दछ भन्ने थाहा हुनु पर्दछ ।”प्रधानमन्त्री ओलीले भन्नुभयो,–“यस कार्यदलले ल्याएको प्रतिवेदनले नेपालमा वर्षौसम्मका लागि जनशक्तिको आपूर्तीलाई मार्ग दर्शन गर्नु पर्दछ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्री ओलीले कार्यदलका सदस्यहरुलाई विषयको गम्भीरतालाई बुझेर अनुसन्धान मुलक र गहन अध्ययनका साथ काम गर्न निर्देशन दिनुभएको छ । “

आगामी धेरै वर्षसम्म यस समितिको प्रतिवेदनलाई जनशक्ति व्यवस्थापनका लागि आधार बनाइन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो, “डाक्टर कति चाहिने,इन्जिनियर कति,शिक्षक कति,कृषिमा कति जनशक्ति चाहिने यी सबै कुरा तथ्यगत रुपमा समितिले ल्याउनु पर्दछ । आगामी दिनका लागि यो प्रतिवेदन निर्देशन पुस्तिका हुनेछ । ”
समितिले ल्याएको तथ्यगत प्रतिवेदनका आधारमा राष्ट्रिय योजना आयोग,मन्त्रालयहरुले पनि योजना बनाउने भएकोले यसलाई त्रुटी रहित बनाउन प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।

अनुमानमा होइन तथ्यका आधारमा,भवितव्यमा होइन योजनवद्धमा काम गर्नुहोस” प्रधानमन्त्रीले निर्देशनमा भन्नुभएको छ,“प्रतिवेदनमा नयाँ निष्कर्षहरु आउनु पर्दछ ।”

सरकारले विभिन्न क्षेत्रमा के कति जनशक्ति आवश्यक पर्छ त्यसलाई तथ्यगत रुपमा अध्ययन गर्नका लागि असोज २८ गते डा.रुद्र सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकोे थियो ।

समितिका सदस्यहरुमा डा.माधव दाहाल,डा.इन्दिरा पराजुली,डा.विश्ववाला थापा,डा.विजयदत्त,डा। ध्रुवगौतम र डा.राजेश अहिराज हुनुहुन्छ । कार्यदलको निर्देशक समितिमा शिक्षामन्त्रीको संयोजकत्वमा गठन गरिएको छ । समितिको म्याद चार महिना छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com