नेपाल आइडलकी नीलिमा भन्छिन् : फेसबुकमा धेरै ‘फ्रेण्ड रिक्वेस्ट’ अाउँदा आत्तिएर रोएँ


प्रकाशित मिति : मंसिर ९, २०७५ आईतबार

नेपाल आइडलबाट बाहिरिएकी नीलिमा थापा मगरले फेसबुकमा धेरै ‘फ्रेण्ड रिक्वेस्ट’ अाउँदा राेएकी बताएकी छन् । ‘गोल्डेन माइक’ विजेता समेत भएकी नीलिमाले अाइडलबाट बाहिरिएपछि एक अन्तर्वर्तामा पहिलो अडिसनपछि फेसबुकमा धेरै ‘फ्रेण्ड रिक्वेस्ट’ अाउँदा आत्तिएर रोएकी बताएकी हुन् ।

उनले आफू साधरण केटी भएकी पनि बताइन् । ‘मलाई पहिले मेरो छिमेकीहरूले पनि चिन्नु हुन्न थियो । छिमेकीहरूसँग पनि म खासै बोल्दिन थिए । जब नेपाल आइडलमा आए त्यहाँबाट जीवन एक्कासि परिवर्तन भयो । पहिलो अडिसन हेरीसेकपछि फेसबुकमा ‘फ्रेण्ड रिक्वेस्ट’ आयो, त्यो बेला म रोएकी थिएँ ।’ उनले भनिन्, ‘म अब यीनीहरुसँग कसरी बोल्नु भनेर आत्तिएर रोएकी थिएँ । अहिले चाहिँ उहाँहरूको त्यो माया पाउँदा गर्भ महशुस गर्छु ।’

अाफ्नाे स्वस्थ्यास्थितिकै कारणले गर्दा बाहिरिनु परेको उनले बताइन् । ‘शुरुमा गोल्डेन माइक जिते पनि बिच-बिचमा आफ्नो स्वस्थकै कारण त्यो अनुसारको गाउन सकिनँ ।’ उनले भनिन्, ‘कति पटक आफ्नो स्वस्थयकै कारणले गर्दा राम्रोसँग तयारी गर्ने सकिन ।, त्यसैले राम्रोसँग गउँन सकिनँ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले आफ्नो फ्यान, आफन्त र गुरुहरूको आशालाई पुरा गर्न नसकेको समेत बताइन् । ‘मेराे फ्यान, आफन्त र गुरुहरूको आशालाई पुरा गर्न सकिन तर उहाँहरूको साथ सहयोग यसरी नै पाइरहे भने त्याे अाशालार्इ पूरा गरेरै छाड्छु ।’ उनले भनिन्, ‘नेपाल आइडलमा मात्रै हो मेरो यात्रा सकिएको, गीत सङ्गीतको यात्रा त अब शुरु हुँदै छ । मबाट जसले राम्रो गायीकाको आशा राख्नु भएको छ नि म त्यो चाहिँ भएरै छाड्छु । उनले आइडलले आफूलाई विशेष प्रकारको नाम र पहिचान दिएकोमा कार्यक्रमको खुलेर प्रशंसा गरेकी छिन्।

उनले दर्शकहरूको माया पाएर ‘टप सेभेन’सम्म पुगेकोमा खुसी भएको बताइन् । उनले भनिन् ‘टप सेभेनसम्ममा आएर बहिरीदा चाहिँ हारेर बाहिरिएको जस्तो लाग्दैन । विजयी भएर नै बाहिरिए जस्तो लाग्छ।’ पोखरा अडिसनबाट छनाेट भएकी नीलिमा बाहिरिएकी नीलिमा गत शुत्रबार अाइडलबाट बाहिरिएकी थिइन् । आइडलबाट बाहिदा सधैंभरि गायनलाई नै साथी बनाउनले बताएकी थिइन् । नीलिमा अघिल्लो हप्तादेखि केही अस्वस्थ देखिएकी थिइन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com