सोनाम लामालाई बधाई
प्रकाशित मिति : ३० मंसिर २०७३, बिहिबार
गत अगस्तमा न्युजर्सीमा एनआरएनको क्षेत्रीय सम्मेलन सम्पन्न गराउनुका साथै एनआरएनको भवन निर्माणका लागि सम्मेलनमार्फत ९२ हजार अमेरिकी डलर उपलब्ध गराएकोमा एनआरएन आईसीसीका अध्यक्ष शेष घलेले सोनाम लामा र एनआरएन अमेरिकालाई बधाई दिनुभएको छ ।
नवौं एनआरएनए क्षेत्रीय सम्मेलनका संयोजक तथा एनआरएन आईसीसीका तर्फबाट अमेरिका क्षेत्रका लागि संयोजक सोनाम लामाको सकृयता र पहलमा एनआरएनको क्षेत्रीय सम्मेलन गत अगस्त २७ र २८ मा न्युजर्सीमा सम्पन्न भएको थियो ।
घलेले सम्मेलन अत्यन्तै उत्पादनमुलक भएको र सम्मेलनको मर्मलाई सम्बोधन गर्न सफल भएको भन्दै सम्मेलनबाटै उठेको खर्चबाट सम्मेलन सम्पन्न भएको र अझ एनआरएन भवन निर्माणका लागि समेत रकम उपलब्ध गराएकोमा लामालाई धन्यवाद दिनुभएको हो ।






