डडेलधुरामा बस दुर्घटना, ‘१६ को मृत्यु’


प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार

बिहीवार साँझ डडेल्धुरामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। १० जनाको घटनास्थलमै तथा छजनाको अस्पताल पुर्याएपछि मृत्यु भएको बताइएको छ।

कम्तिमा २७ जना घाइते भएको बताइएको छ।

डडेल्धुरामा रहेको उग्रतारा मन्दिरमा भएको मेलामा गएर फर्किएका तिर्थालु बोकेको बस दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए।

उनले भने, “घटनास्थलबाट हामीले १० वटा लास निकाल्यौं। अस्पताल पुर्याइएका २७ जना घाइते मध्ये ६ जनाको मृत्यु भएको खबर आएको छ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डडेल्धुराबाट दिपायल जाँदै गरेको बस करिब एक सय ५० मिटर तल खोलामा खसेको प्रजिअ जोशीले बताए।

घटनास्थलमा तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीहरू उद्धारका लागि खटिएका छन्।

बसमा कतिजना यात्रु रहेका थिए भन्ने अझै स्पष्ट भइसकेको छैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com