देवकोटा र बराललाई प्रेस काउन्सिल पुरस्कार


प्रकाशित मिति : मंसिर ६, २०७५ बिहीबार

नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटा ‘प्रेस काउन्सिल–सानिमा बैंक पत्रकारिता पुरस्कार’ बाट सम्मानित हुने भएका छन् ।

बिहीबार बसेको प्रेस काउन्सिल बैठकले देवकोटाका साथै अनलाइनखबर.कमका सम्पादक अरुण बराललाई पुरस्कार दिने निर्णय गरेको हो । पुरस्कारको राशि जनही दुई लाख ५० हजार रुपैयाँ छ ।

छापा र अनलाइन सञ्चारमाध्यम दुवै क्षेत्रबाट प्रतिनिधिमूलक हिसाबले पुरस्कार दिने निर्णय भएको प्रेस काउन्सिलले जनाएको छ ।

काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला र सानिमा बैंकका सिइओ भुवन दाहाल सम्मिलित पुरस्कार छनोट समितिको बैठकले सर्वसम्मत सो निर्णय गरेको हो ।

आगामी २४ मंसिरमा एक समारोहबीच पुरस्कार प्रदान गरिने काउन्सिलका कार्यबाहक अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com