‘मुन्द्रेको कमेडी क्लब’ भाग-३ हेर्नुहोस


प्रकाशित मिति : मंसिर ४, २०७५ मंगलबार

नेपाली दर्शकहरूले विदेशी टेलिभिजन च्यानलमा विदेशी कमेडी सो हेरेर मनोरञ्जन लिइरहेको बेला हास्यव्यंग्य अभिनेता जितु नेपाल आफ्नो छुट्टै कमेडी कार्यक्रममार्फत दर्शकमाझ आएका छन् । हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ नयाँ टेलिभिजन शो मार्फत सानो पर्दामा फर्किएका छन् । जितुले अब नेपाल टेलिभिजनमा नयाँ कार्यक्रम सुरु गर्दै छन् । ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिईएको शो १९ कार्तिक देखि प्रसारण भएको छ ।

शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले मुन्द्रेको कमेडी क्लबका केही दृश्यहरू सार्वजनिक गरेका छन् ।मुन्द्रेको कमेडी क्लबबारे शनिबार राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा जितु नेपालले भने, ‘झट्ट सुन्दा र हेर्दा विदेशी कमेडी सोको नक्कल हो कि जस्तो दर्शकलाई सुरुमा लागे पनि यो विशुद्ध मौलिक नेपाली कमेडी सो हो । कुनै पनि अन्तर्राष्ट्रिय कमेडी सोबाट हामीले फ्रेन्चाइज निलिई नेपाल स्टाइलको सेट, वेशभूषा र लवजसहित नेपाली समाजकै विकृति र विसंगति चिर्नु यो कार्यक्रमको उद्देश्य हो ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com