अष्ट्रेलिया एक सपनाको देश : जहाँ समय र रेलको लयमै कुद्छन् अवसरहरु


प्रकाशित मिति : मंसिर २, २०७५ आईतबार

अहिले विश्वभरका मानिसहरुको आकर्षणको केन्द्र बनेको छ अष्ट्रेलिया । नेपाली युवाका लागि त झन् अष्ट्रेलिया सपनाको देश बनेको छ, जहाँ पुगेपछि सपना र करिअरको स्तम्भ गाड्न सकिन्छ । उच्च शिक्षाका लागि मात्रै नभएर सहज जीवनयापनका लागि अष्ट्रेलिया जाने र जान चाहनेहरुको संख्या निकै ठूलो छ । नेपालका विशेषगरी विद्यालय शिक्षाका अध्ययन सकेका र उच्च शिक्षा अध्ययन गरिरहेकाहरु सम्मले अष्ट्रेलियालाई सपनाको देश बनाइरहेको देखिन्छ ।

किन अष्ट्रेलिया यति धेरै आकर्षण बनिरहेको छ त ? यहाँ सम्म कि, अमेरिका, क्यानडामा ग्रीन कार्ड पाएका मानिसहरु अष्ट्रेलिया बसाई सर्न निकै लालयित हुन्छ । एउटा मानिसले अष्ट्रेलियामा गएर दुई महिना समय बितायो भने उ युरोप अमेरिका पनि फर्कन चाहँदैन ।

यो आकर्षणमा शिक्षाको गुणस्तर र उचित शुल्क पहिलो कुरो । विद्यार्थीहरुको लागि अरु देशको तुलनामा सहज जीवनशाली, दोस्रो । तेस्रो कुरा त्यहाँबाट सिक्ने कुरा । कितावको ज्ञान मात्रै सिक्ने होइन कि संसारभरिबाट आउने मानिसहरुको संगतले धेरै कुरा सिक्न सकिन्छ । यो ठाउँ भनेको औपचारिक शिक्षाका लागि मात्रै नभएर धेरै अनुभव हासिल गर्न, सुचना आदान प्रदान गर्न र अरु देशको संस्कृतिसँग घुलमिल हुन समेत पाइन्छ । अष्ट्रेलियाका अर्को महत्त्वपूर्ण विशेषता राम्रो मौसम हो ।

अष्ट्रेलियाको बसाइले विद्यार्थीलाई कामको सम्मान गर्न र आत्मनिर्भर बन्न सिकाउँछ । विभिन्न देशबाट आएका साथीहरुसंग संगत गर्न पाइने हुनाले, सम्बन्ध विस्तार संगै एक अर्काको संस्कृति र विचारलाई बुझ्ने अवसर पनि यहाँ पाइन्छ। यहाँ अनावश्यक रुपमा एक अर्काको मूल्यांकन गर्ने, खुट्टा तान्ने प्रवृत्ति पनि हुँदैन । र, यहाँ विद्यार्थीहरुको लागि अर्को राम्रो पक्ष भनेको, कक्षा छुट्यो भने पनि लेक्चरको भिडियोबाट पढ्न सकिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अष्ट्रेलिया यस्तो शैक्षिक गन्तव्य हो जहाँ विदेशी विद्यार्थीले आफ्नो अध्ययन सकेपछिको दुई वर्ष यहीँ बसेर आफ्नो क्षेत्रमा काम गर्ने अवसर भेट्छन् । धेरै मुलुकबाट अष्ट्रेलिया अध्ययनका लागि आउनुको कारण यो पनि हो । यतिखेरको अध्यागमन व्यवस्था अनुसार उच्च तह स्नातक वा स्नातकोत्तरको अध्ययन सकेको विद्यार्थीले दुई वर्षको ‘पोस्ट स्टडी वर्क’को समय पाउँछ । यो त्यही समय हो जतिखेर पूरै समय काममा लगाएर अध्ययनका लागि गरेको सबै लगानी उठाउन सकिन्छ ।

अष्ट्रेलिया आउने कारण मध्येको सबैभन्दा प्रमुख चाहिं यहाँको पीआर नै हो । विद्यार्थी भिसामा आएकाले यहाँको जनशक्ति मागको अवस्था अनुसार विभिन्न विषय र क्षेत्रमा स्थायी बसोबासको अवसर पाउँछन् । पीआरका लागि प्रयास गर्ने योजना हो र अष्ट्रेलिया सँधैका लागि बसोबासको थलो बनाउने हो भने त्यसको योजना नेपालबाटै बनाउनुपर्छ । आफ्नो अध्ययनको क्षेत्र र रहेको सीपले नै पीआरको अवसर निर्धारण गर्दछ । पीआर लिएर अष्ट्रेलियामा बसोबास गर्ने हो भने यहाँको माग अनुसारको विषय छनौट गर्नुपर्दछ । यतिखेर अष्ट्रेलियामा नर्सिङ, आइटी र अकान्टिङ विषयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पीआर मिलाउँदछ ।

अष्ट्रेलियामा पीआर र नागरिकताको लागि पनि सहज वातवरण छ । यहाँको नागरिकताबाट मिल्ने सुविधाहरुले पनि विदेशीहरुलाई आकर्षित गरिरहेको छ । सन् २०१६ को रेकर्ड हेर्ने हो भने १ सय ९० विभिन्न राष्ट्रका एक लाख ३० हजार जनसंख्याले अष्ट्रेलियाको नागरिकता लिएका छन् । यी मध्ये फिलिपिन्स, चाइना, इन्डिया र नेपालका सर्वसाधारण रहेका छन् । एक समृद्ध लोकतान्त्रिक समाज , स्वच्छ वातावरण र सरल जीवनशैलीका कारण पनि अष्ट्रेलियाको नागरिकता प्रतिको मोह बढ्दै गएको पाइन्छ । पीआर लिनु एउटा खुड्किला चड्नु भएता पनि यहाँ बस्ने विदेशीहरुको अर्को उद्देश्य यहाको स्थायी नागरिक बन्नु रहन्छ ।

अष्ट्रेलियाको समय सूर्यमा आधारित भएकाले वर्षमा एकपटक एक घण्टाको तलमाथि हुन्छ । त्यसले पार्ने प्रभावका कारण नेपालसँगको समय अन्तर ४ देखी ५ घण्टाको छ । तर यहाँको जीवन नेपालकोभन्दा कम्तिमा पनि चार गुणा छिटो छ । नेपालमा ३० दिनको महिना हुन्छ भने यहाँ सात दिनको । अर्थात, हरेक साता कामबाट तलब पाइन्छ अनि हरेक साता घरभाडा तिर्नुपर्छ । हरेक कुराको योजना एक साताका लागि बनाउनु उत्तम हुन्छ । सातामा दुई दिन शनिबार र आइतबार छुट्टि हुन्छ, यी दिनमा काम गर्दा अन्य दिनको तुलनामा धेरै तलब पाइन्छ । यहाँका मानिसहरु समय प्रति निक्कै सचेत भएकाले समयमा नै काममा पुग्नु र त्यसका लागि समयमा नै बस तथा रेल समात्नु आवश्यक हुन्छ । सिड्नीमा अवसर, समय र रेलले कसैलाई पनि पर्खिंदैन।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com