अव बैदेशिक रोजगारमा जानेसँग यी शुल्क लिन नपाइने


प्रकाशित मिति : मंसिर १, २०७५ शनिबार

अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ)को विज्ञ समुह बैठकले बैदेशिक रोजगारमा जाने श्रमिकले तिर्नुपर्ने शुल्क र रोजगारदाताले उपलवध गराउनु पर्ने शुल्क तय गरेको छ । स्वीजरल्याण्डको जेनेभामा नोभेम्वर १४ देखि १६ तारिकमा भएको विज्ञ समुहको बैठकले यसको तय गरेको हो ।

बैठकमा सहभागि नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का उपाध्यक्ष समेत रहेका अधिवक्ता रमेश बडालका अनुसार सो बैठकमा २४ देशका विज्ञ सहभागि थिए । बडालका अनुसार मुलुक भित्रैबाट वा बाहिरबाट वा रोजगारदाता आफैंले वा श्रमिक आपूर्तिकर्ता मार्फत श्रमिक छनौट र भर्ना गर्दा श्रमिकबाट कुनै पनि रकम भर्ना शुल्क वा सेवाका रुपमा लिन नपाउने भएका छन् ।

यसैगरी श्रमिकको छनौट, भर्ना, वहाली तथा सेवा प्रारम्भको क्रममा भएको स्वास्थ्य परिक्षण वा मेडिकल रिपोर्ट वापत भएको ख़र्च, वर्कपर्मिट वा श्रम स्वीकृतिको क्रममा आवश्यक विमा शुल्क र कल्याणकारी कोषलाई तिर्नु पर्ने रक़म, सीप तथा योग्यता परिक्षण तथा सोको तयारी वापतको शुल्क रोज़गारदाताले ब्यहोर्नु पर्नेछ । यसैगरी तालीम तथा अभिमुख़िकरण वापतको शुल्क, छनौट क्रममा आवश्यक उपकरण, पोशाक वापतको शुल्क, श्रमिकको घरवाट कार्यस्थलसम्म जाने यातायात ख़र्च, होटेल ख़र्च, अन्तर्वार्ताको लागि हुने खर्च, भिसा तथा भिसा प्रोसेसिंग, रेसिडेन्स पर्मिट, सेक्युरिटि डिपोजिट, निवेदन शुल्क वा परिक्षा शुल्क वा अन्य क़ानूनी प्रक्रिया पुरा गर्न लाग्ने ख़र्च रोज़गारदाताले ब्यहोर्नु पर्नेछ ।

यो दुई बर्ष पहिला तयार गरिएको आइएलओको जेनेरल प्रिन्सीपल एण्ड अपरेशन गाइडलाइन फर फेयर रिक्रुटमेण्ट २०१६ लाई आधार बनाएर परिभाषित गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com