यसरी उठ्दैछ ‘नयाँ’ धरहरा (फोटोफिचर)


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

विनाशकारी भूकम्पपछि भत्किएको धरहराको तस्वीर राखेर धेरैले समाजिक सञ्जालमा लेखे, ‘वी विल राइज अगेन’ अर्थात् हामी फेरि उठ्नेछौं । तर, धरहराको पुनर्निर्माण गर्न सरकारले विभिन्न कारण देखाउँदै ढिलाइ गर्‍यो । बल्ल भूकम्पको सांकेतिक बिम्ब बनेको धरहराको पुनर्निर्माणको काम तीव्र रुपमा अघि बढेको छ । सरकारले पुरानै डिजाइनमा आधुनिक (नयाँ) सुविधा सम्पन्न धरहरा बनाउन सुरु गरेको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जीआईईटिसी-रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो । प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरका अनुसार कम्पनीले ३ अर्ब ४५ करोडमा धरहरा निर्माणको जिम्मा पाएको थियो ।

धरहरा पुनर्निर्माणको काम सुरु भइसकेको छ र त्यसको जग हाल्ने कामका लागि खन्ने काम सुरु भएको छ । धरहरा निर्माणका लागि आवश्यक सामग्री र त्यहाँबाट निस्कने फोहोरलाई टुँडिखेलको दक्षिण भागमा व्यवस्थापन गर्न ठाउँ छुट्याइएको छ ।

केही निर्माण उपकरण पनि त्यहाँ राखिने र त्यसका लागि सेनाले टुँडिखेल प्रयोगको अनुमति दिइसकेको छ । त्यहाँ अस्थायी संरचना बनाएर श्रमिकहरु पनि बस्नेछन् । प्राधिकरणले स्थानीय समुदायले जात्राको समयमा धरहराको परिसर र त्यहाँको बाटो प्रयोग गर्न पाउनुपर्ने माग गरेका थिए । प्राधिकरणले त्यसका लागि आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता जनाएर काम तीव्र पारेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सुन्धारामा पानी आएमा विहानको समयमा पुजाआजाका लागि विना रोकावट प्रवेश गर्न दिन पनि स्थानीयको माग छ । प्राधिकरणले त्यसमा पनि सकारात्मक जवाफ दिएपछि पुनर्निर्माणको काममा अवरोध हुने अवस्था छैन ।

यसरी उठ्दैछ धरहरा

२९ रोपनी क्षेत्रफलमा फैलिने धरहरा परिसरमा म्यूजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बँगैचा, रेष्टुराँ, पार्किङ लगायतका सुविधाहरु हुनेछन् ।

धरहरा ११ तलाको बन्नेछ । बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनछ । विसं १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो ।

धरहरामा र्भयाङ चढेर होइन, लिफ्टबाट ‘टप’मा पुग्ने व्यवस्था हुनेछ । धरहरामा चढ्ने र ओर्लिने दुईतर्फी लिफ्ट हुनेछ ।

अहिले धरहराले ओगटेको ६ रोपनी जग्गासहित गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गर्ने काम भइरहेको मानन्धरले बताए ।

धरहराको पुरानो बाहिरी स्वरुप परिवर्तन गरिने छैन । पुरानो स्वरुपमा आधुनिक सुविधा भएको बलियो धरहरा बनाउन लागेको मानन्धरले बताए।

धरहरा बाहिरबाट हेर्दा पुरानैजस्तो देखिए पनि भित्री भाग आधुनिक हुनेछ । अहिले भग्नावशेष रहेको धरहराको भागलाई संरक्षण गरेर राखी नयाँ धरहरा बनाइने छ । धरहरामा दुई तला अन्डरग्राउन्ड बेसमेन्ट हुने छ । बसमेन्टमा तलमाथि गर्नका लागि लिˆटको व्यवस्था गरिने छ । बेसमेन्टमा बाहिरको प्रकाश प्राकृतिक तवरले भित्र पठाउने व्यवस्था मिलाइएको छ ।

धरहरा परिसरमा दुई तलाको आकर्षक म्युजियम हुनेछ । म्युजियममा पुराना सिक्का र सिक्का छाप्ने मेसिनहरु प्रर्दशनीमा राखिने छ । म्युजियम जाने बाटोमा वाटर फाउन्टेन हुनेछ । वाटर फाउन्टेन ५० फिट अग्लो हुनेछ । नयाँ बन्ने धरहरा अपांगमैत्री समेत हुने प्राधिकरणले जनाएको छ ।

धरहरा छिर्ने बित्तिकै आकर्षक बँगैचा आउने छ । धरहरा परिसरमा लाइब्रेरी, रेष्टुरेन्ट लगायतका सुविधाहरु पनि हुनेछन् । सुन्धरालाई थप आकर्षक बनाइने भएको छ । सुनबाट बनेको सुन्धरामा मानिसले मज्जा लिन सक्ने बताइएको छ ।

धरहरा परिसरमा तीन तले पार्किङ हुने छ । पर्यटकका लागि अब बन्ने धरहरा काठमाडौंको महत्वपूर्ण गन्तव्य बन्ने विश्वास गरिएको छ ।

Online Khabar

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com