अनेसासमा सात सल्लाहकार मनोनयन


प्रकाशित मिति : मंसिर २९, २०७३ बुधबार

अन्तर्राष्ट्रीय नेपाली साहित्यसमाजको सल्लाहकारमा सात जनाको नाम चयन गरिएको छ । अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा हालै बसेको कार्यसमितिको बैठकले उक्त चयन गरेको हो ।

जसअनुसार डा. खगेन्द्रप्रसाद लुइँटेल (नेपाल), गीता खत्री (अमेरिका), गंगाराम लामिटारे (भूटानी नेपाली साहित्यकार, अमेरिका), भबन भट्ट (जापान), माया ठकुरी (नेपाल), मोहन सिटौला (अमेरिका) र विन्द्या सुब्बा (भारत) रहेका छन् ।

सल्लाहकार समितिको कार्यावधि दुईवर्ष रहने महासचिव गोवर्धन पूजाले जनाउनुभएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com