ट्याक्सी चालक मल्ललाई एकान्तमा लगी खुकुरी प्रहार, टाउकोमा लगाइयो १ सय २० टाँका


प्रकाशित मिति : कार्तिक ३०, २०७५ शुक्रबार

काठमाडौँको पेप्सीखोला मनोहरा पुलनजिकै एक ट्याक्सी चालक माथि खुकुरी प्रहर भएको छ । खुकुरी प्रहार हुनेमा चालक भरत बहादुर मल्ल रहेका छन्। अज्ञातसमुहले खुकुरी प्रहार गरि घाईते बनाएका हुन।

कालिकोट जिल्ला रास्कोट नगरपालिका वडा नम्बर ६ काब्रा घर भएका उनी हाल ललितपुर इमाडोलमा बस्दै आएका थिए। गम्भीर घाइते भएका उनको टाउकोमा १ सय २० ओटा टाँका लगाईएको बताइएको छ।

सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेज ‘केएमसी’ मा भर्ना गरिएका उनको शारिरको विभिन्न भागमा गम्भिर चोट पनि लागेको छ। रातीको समयमा ट्याक्सी यात्राका लागि भन्दै मल्ललाई अज्ञात अमूहले एकान्तमा लागे खुकुरी प्रहार गरेको बुझिएको छ ।खुकुरी प्रहार गर्ने समूह पक्राउ हुन सकेको छैन।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com