नेपाली संघीय समाज अमेरीकाबाट शुभकामना आदानप्रदान र चियापान


प्रकाशित मिति : कार्तिक २९, २०७५ बिहीबार

न्युयोर्कमा नेपाली संघीय समाज अमेरीकाले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ ।नेफेसो अध्यक्ष समिर महर्जन को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जनजाती आन्दोलनका अगुवा आदारणीय व्यक्तित्व स्व पद्मरत्न तुलाधारको योगदानको चर्चा गर्दै उहाको सम्मान मा एक मिनेट मौन धारण गरिएको थियो ।

नेपालीहरूको माहान चाडपर्वहरू , दशै , तिहाररवलिहङ तङनाम , छठ , नेपाल सम्बत को अवसर मा शुभकामना तथा चियापान कार्यक्रम को आयोजना गरिएको हो । प्रमुख अथिती नेपाली माहावाणिज्य दुतावास न्युयोर्कका वाणिज्यदुत कृसु क्षेत्रीले यसरी हामी नेपालीहरूको चाडपर्वहरू मनाउनाले हाम्रो संस्कृतिहरूको संरक्षण, प्रचार हुनका साथ हामीले गर्व महसूस गरिने बताउनु भयो ।

कार्यक्रममा, एनआरएन अमेरीकाका माहासचिव बाबुराम लामा , फिप्नाका माहासचिव प्रेम गुरूङ , हिमालयन बुद्दीष्ट कम्युनिटीका अध्यक्ष छेवक दोर्जे गुरूङ ,तामाङ सोसाईटी अफ नर्थ अमेरीकाका अध्यक्ष लोक्यान लामा , किरात याक्थुङ चुम्लुङ अमेरीकाका अध्यक्ष दिपेश लिम्बु , मगर संघ अमेरीकाका अध्यक्ष कुलदिप राना ,डुक्पिया किदुकका अध्यक्ष लाक्पा शेर्पा , युनाईटेट किरात राई अर्गनाईजेसन न्युयोर्क च्याप्टर अध्यक्ष केशवराम राई ,शेर्पा किदुकका अध्यक्ष उर्गेन शेर्पा , वालुङ कम्यूनिटीका अध्यक्ष दावाछिरिङ लामा , नेपाली अमेरीकन कलाकार संघ अध्यक्ष सुमन मगर , प्रवासी मन्च अमेरीकाका वरिष्ठ उपाध्यक्ष टेक गुरूङ , एनआरएन बोर्ड अफ डायरेक्टर सन्जय थापा , जनमन्च अमेरीकाका अध्यक्ष अग्नि राई ,नेवा गुठी न्युयोर्क अध्यक्ष निर्मल प्रधान ,सुनुवार समाज अमेरीका उपाध्यक्ष मोहन सुनुवार , शेर्पा किदुग माहासचिव टेन्डी शेर्पा ,प्रवासी मन्च न्युयोर्क अध्यक्ष अर्जुन सिंह, ,तामाङ सोसाईटी न्युयोर्क च्याप्टर अध्यक्ष गोमा योन्जन तामाङ , नेफेसो सल्लाहकार पार्वती थापामगर लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क को क्वीन्स स्थित ज्याकसनहाईट मा आयोजित कार्यक्रममा नेपाली समुदायका अगुवाहरू तथा नेफेसो अमेरीकाका सदस्यहरूको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम सभापतिको हैसियतले नेफेसो अमेरीकाका अध्यक्ष समिर महर्जनले हाम्रो नेपाली संस्कार , संस्कृति , परम्परा , रितिरिवाजहरूलाई विदेशी भुमिमा पनि हर्षोल्लासका साथ मनाउदै हाम्रो पहिचान जोगाउने काम भएकोमा खुसी व्यक्त गर्दै सबैमा शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा उपस्थित सम्पूर्ण माहानुभावहरूलाई माहासचिव मनोज सिंहले स्वागत मन्तव्य द्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन , सचिव लोक चेम्जोङले गर्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com