उदाउँदो सूर्यलाई अघर्य चढाउँदै मेची नदीमा छठ पूजाको समापन


प्रकाशित मिति : कार्तिक २८, २०७५ बुधबार

नेपाल–भारतको सीमावर्ती नाकासंग जोडिएको भद्रपुरस्थित मेची नदीमा उदाँउदो सूर्यलाई अघ्र्य दिर्दै यसबर्षको छठ पूजा हर्सोउल्लासका साथ सम्पन्न भएको छ ।

नेपाल तथा भारत गरी दुवै देशका ब्रतालु तथा भक्तजनहरुले मेची नदीमा सामूहिक रुपमा सूर्यलाई अघ्र्य दिर्दै छठ पर्व मनाएका हुन् । मेची नदी वारीपारी गरी करिब ५ हजार पूजा स्थल (घाट)मा पुजा सामग्री राखेर ब्रतालुहरु पानीमा ओरलिएर गहुँ र चामलको पिठोले बनाएका विभिन्न प्रकारका परिकार चढाएर उदाउँदो सूर्यलाई अघ्र्य चढाएका थिए ।

यस नदीमा मधेशी समुदाय बाहेक अहिले नेपाली, मारबाडी, बंगाली, राजवंशी लगायतका समुदायसहित मधेशी समुदायका भारतीय नागरिकले पनि छठ पर्व मनाएका छन् । कार्तिक शुल्क चतुर्थीदेखि सप्तमीसम्म चार दिन सुर्य भगवानको पूजा आराधना गरी दुवै देशका भक्तजनहरुले यसरी एक साथ छठ पर्व मनाउने प्रचलनले मेची नदी नेपालमै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

त्यसैले मेची नदीको छठलाई जनकपुरपछिको दोस्रो स्थान मानिएको मैथिल समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले बताए । यसबर्ष करिब एक लाख भक्तजनहरुको सहभागिता रहेको भद्रपुर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बन्धु कार्कीले बताए । मेची छठलाई भव्य र सभ्य बनाउन नेपाल तथा भारत दुवै देशका सुरक्षाकर्मीले सुरक्षा दिएका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, टाफिक प्रहरी, स्काउटसहित भारतीय प्रहरी र एसएसबीले पूजा स्थलमा आएर संयुक्त रुपमा गस्ती गरेकाले कुनै अपारधिक क्रियाकलाप हुन नपाएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिए । त्यसैगरी झापाको निन्दा, विरीङ, कनकाई, हडिया, देउनिया, अदुवा, रतुवा खोलाहरुमा पनि ब्रतालु तथा भक्तजनहरुले सूर्य अघ्र्य चढाएर हर्सोउल्लासका छठ पूजा मनाएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com