संसारकै नमुना सौतासौता जोडी : श्रीमान मलेसिया आफ्नै दिदीबहिनी जस्तो गरेर मिलेर बसेका छन्


प्रकाशित मिति : कार्तिक २५, २०७५ आईतबार

आफ्नो परिचय दिएपछि पार्वता आचार्यले भन्नुभयो, ‘श्रीमान् मलेसिया जानुभएको छ ।’ पार्वतापछि उठेकी सरिताले आफ्नो नाम भन्न नभ्याउँदै सँगै रहेकी अर्की महिलाले कोट्याएर भनिन्, ‘दिदी र मेरा श्रीमान् एउटै हुन्, मले सियामै छन् भन न ।’ सरिताले हाँस्दै भन्नुभयो ‘हाम्रो श्रीमान् मलेसियामा हुनुहुन्छ ।विदेश जानेका परिवारका लागि सञ्चालन भएको वित्तीय साक्षरता कक्षामा परिचय गर्दा सहभागी सबैले श्रीमानका बारेमा पनि भन्नुपर्ने थियो । सहभागी सबैले मेरा श्रीमान् भनेर सम्बो धन गर्दै आफ्नो श्रीमान् कमाउन गएको देशको बारेमा बताए । तर सरिता र पार्वता दुवैले भने, ‘हाम्रो श्रीमान् ।’ अथवा उनीहरु एकअर्काका सौता ।कक्षापछि घरको आँगनमा बसेर सरिता र पार्वताले आपसी सम्बन्ध खुलाएर भने, ‘हामी दिदीबहिनी अर्थात सौता सौता ।’पार्वता र सरिताको उमेर ८ वर्षको फरक छ । सरिता ३३ वर्षको हुनुभयो । पार्वता चाहिँ ४१ वर्ष । सरिताको खाइलाग्दो ज्यान छ । तर पार्वताका छाला हड्डीमै टाँसिएका छन् । सरिता हृष्टपुष्ट देखिनुहुन्छ । तर पार्वताको अनुहारमा चाउरी परिसकेको छ ।

२०६२ सालको दसैँमा श्रीमानले कान्छी (सरिता)लाई ल्याउँदा पार्वतालाई आफू पनि मरौं, श्रीमानलाई पनि जेल पठाइदिउँ जस्तो झोक चलेको थियो । भविष्य अँध्यारो थियो । कता जाउँ के गरौं भन्ने छटपटी भएको थियो ।तर घरमा सौता छन् भन्ने सरितालाई पनि थाहा थिएन । न त पार्वतालाई नै श्रीमानले आफ्नो मुटुमा यसरी किलो गाड्छन् भन्ने आशंका थियो ।‘२०६२ सालको दसैँमा हो, उहाँले मलाई घरमा ल्याउनुभयो, बिहे गरेको त १० महिना जस्तो भएको थियो, तर सौता छ भन्ने थाहा थिएन,’ सरिताले सुनाउनु भयो, ‘पारीपट्टि पसलमा आइपुगेपछि पो अब कान्छी ल्याइछस् दह्रो भएर जा घरमा भने, मैले त अरु केही सोच्नै सकिन, हातखुट्टा काँप्यो ।’पार्वताको बिहे २०५३ सालमा भएको हो । सरिता कान्छी बनेर भित्रिंदा पार्वताले घर सम्हालेको ९ वर्ष भइसकेको थियो । पार्वता गाउँमै बस्नुहुन्थ्यो । श्रीमान भने कहिले विदेश त कहिले इटहरीतिर बस्थे । कमाएर घर बसाल्न घर छाडेका श्रीमानले अर्कै घर बसालेको पार्वताले त्यतिबेला मात्र थाहा पाउनुभयो, जब श्रीमान सरितालाई लिएर आँगनमा आइपुगे ।

‘सौता लिएर दसँै मनाउन आएका मान्छेलाई के गर्नु, मनमा त बाढी गयो, तर केही गर्न सकिन’ पार्वता सम्झनुहुन्छ ।पार्वताले श्रीमानलाई सौता हाल्नुको कारण पनि सोध्न सक्नुभएन । ‘बिहे भएको ९ वर्ष हुँदा पनि मेरो बालबच्चा भएका थिएनन्, त्यसैले ल्याए होलान भने जस्तो लाग्यो,’ पार्वताले भन्नुभयो ।आफू भित्रिंदा पार्वताको मन दुखेको कुरा छेवैमा बसेर सुनिरहेकी सरिताको अनुहार पनि खिन्न देखियो । तर श्रीमानले ढाँट्दा सरिताको पनि मन पार्वताको जस्तै दुखेको थियो ।‘मारिहाल्ने पो हुन् कि, लखेटे भने कहाँ जानु, मलाई त मरौं कि बाँचौं भन्ने भयो नि,’ सरिताले त्योबेलाको आफ्नो अवस्था सुनाउनुभयो । त्यसबेला दुवैलाई आफ्नो भविष्य बिग्रियो भन्ने लागेको थियो । दुवैजना कहिलेकाहीँ सोच्थे, ‘सौता सहेर बाँच्नुभन्दा, जिन्दगीको दौडधूप नै सकाइदिनु राम्रो, श्रीमान बाँडेर पनि जिन्दगी चल्ला र ?’फेरि पनि अर्को मनले भन्थ्यो, ‘सौता ल्याएर के भयो त ? मिलेर गरिखान सकिन्छ । नभए एक्लै भए पनि बाँच्न सकिन्छ ।’ यही सोचले दुवैका मनमा निभेका आशाहरु फेरि पलाउँथे ।नभन्दै सौतेनी किचलो सरिता र पार्वताले सोचे भन्दा फरक भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com