बारामा ट्याक्सी र जीप ठोक्किदा तीन जनाको मृत्यु, दुई जना घाइते


प्रकाशित मिति : कार्तिक २४, २०७५ शनिबार

बारामा ट्याक्सी र जीप आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएका छन् । दुर्घटनामा भक्तपुरका २८ वर्षका ट्याक्सीका चालक समुन्द्र श्रेष्ठसहित निजगढ नगरपालिका ७ का २५ वर्षका आकाश माझी, सोही ठाउँका २५ वर्षका विशाल माझीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतक सबै टयाक्सीमा सवार रहेका थिए ।

आकाश र विशालको निजगढस्थित स्वास्थ्य केन्द्र र चालक समुन्द्रको हेटौडास्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा २८ वर्ष नरेश माझी र २१ वर्षका अर्जुन माझी घाईते भएका छन् । घाईतेमध्ये नरेशको अवस्था गम्भीर रहेको र उनीहरुको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिका ९ स्थित भमरा पुल नजिक शुक्रबार राति १ बजे ग २ च २३२५ नम्बरको ट्याक्सी र बा २ ज २११७ नम्बरको जीप एकआपसमा ठोक्किएको थियो । निजगढस्थित माझी टोलबाट रौतहटको सिमरी पुगेर फर्किएको ट्याक्सी र चितवनबाट तरकारी बोकेर लालबन्दीतर्फ जादै गरेको बलेरो पिकअप जीप राजमार्गमा ठोक्किएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com