पूर्वराजा ज्ञानेन्द्र शाहले विहान ९ बजेर ५० मिनेटमा भाइटीका लगाएका छन् ।पूर्वराजा शाहले बहिनी शोभा शाहीको हातबाट भाइटीका लगाएका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाका उत्तम साइत ११ बजेर ५५ मिनेट तोकेपनि पूर्वराजा ज्ञानेन्द्रले भने निजी ज्योतिषले दिएको साइत अनुसार भाइटीका लगाएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्रले यसअघि पनि दशैं र तिहारको टीका आफ्नै ज्योतिषले दिएको साइतअनुसार लगाउँदै आएका थिए ।भाइटीका लगाउन पूर्वराजा ज्ञानेन्द्र बहिनी शोभाको कमलादीस्थित निवास पुगेका थिए ।
टीका लगाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वराजा शाहले सबै नेपालीमा आपसी मेलमिलाप र भाइचाराको भावना विकास भइ देशमा स्थायित्वको कामना गरे ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।