मणी नेपाली पनेरु क्यालिफोर्नियामा सम्मानित


प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार

 समाजसेवी  मणी नेपाली पनेरु क्यालिफोर्नियामा एन ए एन सि नेपाल साँझ २०१८  को बिशेष समारोहमा लाइफ टाइम अचिभमेन्ट अवार्ड बाट सम्मानित हुनु भएको छ। २०१६ मा अमेरिकाको ह्वाइट् हाउस बाट प्रदान गरिने  प्रेसिडेन्ट भलन्टियर सर्भिस (स्वर्ण) लगायत नेपाल दुबई, यु के लगायत अमेरिकामा बिभिन्न समयमा सम्मानित भईसक्नु भएका  पनेरुलाई उहाँको गृह राज्य क्यालिफोर्नियामा लामो समय देखी निस्वार्थ सेवा  पुर्याए बापत प्रदान गरिएको हो।  उहाँलाई सो सम्मान एन ए एन सि का अध्यक्ष रविन्द्र कुमार राई तथा नेपाली कम्युनिटी सेन्टर तदर्थ समितिका अध्यक्ष उत्तम कार्किले संयुक्त रुपमा प्रदान गर्नु भयो। एन ए एन सि र एन सि सितथा बिभिन्न संघ संस्था मार्फत क्यालिफोर्निया र समग्र नेपाली समुदायको लागि उत्कृष्ट सेवा पुर्याए वापत  सो सम्मान गरिएको वताइन्छ। मणी नेपाली पनेरु नेपाल विश्व सहयोग संघ एन ए जि को संस्थापक अध्यक्षलायन्स क्लब अफ बर्क्ली अन्नपूर्णका चार्टर सेक्रेटेरीपास्ट प्रेसिडेन्टको रुपमा समेत सेवा पुर्‍याउनु भएका पनेरुले बे एरियामा रहेका अन्य थुप्रै संस्थाहरुलाई पनि सल्लाहकारआजीवन सदस्य र पदाधिकारीको रुपमा सेवा पुर्‍याउनु भएको छ।

एन ए  एन सि को वार्षिक रुपमा सम्पन्न हुने नेपाल साँझ २०१८,  सो संस्थाका अध्यक्ष रविन्द्र कुमार राईले सभापतित्व गर्नु भएको थियो भने कार्यक्रम सँचालन महासचीव प्रीतेश कार्किले गर्नु भएको थियो। संस्थाकी ऊपाधक्ष हेमा पनेरुको स्वागत मन्तव्यको साथ सुरु भएको सो कार्यक्रममा प्रमुख अतिथी बरीष्ठ सङीतकार मदन दीपबिमनेपाली कम्युनिटी सेन्टरका अध्यक्ष उत्तम कार्कीपूर्व अध्यक्ष घन प्रसाद दबाडीकार्यक्रम सँयोजक सागर श्रेष्ठ लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो। औपचारिक कार्यक्रमको समाप्ती पछी मनोरन्जक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। कोरियोग्राफर तथा समजसेवी  बिन्दु स्सपकोटाले गरेको साँस्कृतिक सँयोजन गरिएको उक्त अवसरमा लोकप्रिय स्थानिय गायक गाइकाहरु लक्ष्मी खरेल थापाताल्मान मगररन मगरनीता थुलुङ्ले आप्नो सुमधूर स्वर्ले मन्त्रमुग्ध पार्नु भएको थियो भने उत्कृष्ट स्थानिय न्रित्यकार हरु सफलता दुलालप्रार्थना जार्कीप्रतिक रावतआर्यमान दाहाल को मौलिक नेपाली सन्स्क्रिती झल्काउने न्रित्यहरुले भर्पूर मनोरन्जन प्रदान गरेको थियो।   सो अवसरमा सह संस्थापकको रुपमा सहभागी संघ संस्थाहरुचन्दा दाताहरुलाई सम्मान गरिएको थियो भए  र कलाकारहरुलाई प्रसँसा पत्र प्रदान गरिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com