उपचारका लागि सहयोग माग्न जादा मेयरले भने, गरिबलाई दिने कुनै बजेट छैन


प्रकाशित मिति : कार्तिक २२, २०७५ बिहीबार

आर्थिक अवस्था कमजोर भएका कारणले सप्तरीको बोदे बर्साइन नगरपालिका–२, कि ललकुदेवी पासवान अहिले उपचारमा सहयोगको लागि हात फैलाउँदै हिँड्नुभएको छ ।केही वर्षदेखि अल्सर, जण्डिस तथा बबासिर रोगले ग्रसित उहाँ आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नसक्ने हुनुभएको हो । रोगी ललकुदेवीको मुख तथा मलद्धारबाट दैनिक रुपमा रगत बग्ने गर्छ । उहाँ छिनछिनमा बेहोस हुनुहुन्छ । उहाँ गएको ३ वर्षदेखि लहान, दरभंगा तथा विराटनगर लगायतका ठा उँहरुमा उपचार गराउँदै आउनुभएको छ ।आफूसँग केही नभएको कारण समाज तथा नातेदारहरुसँग ऋण तथा सहयोग लिएर उपचार गराउँदै आउनुभएकी ललकुदेवीको रोग नियमित उपचार नगराएका कारण बढ्दै गएको छ । आयश्रोतको रुपमा ज्याला मज दुरी गर्दै दैनिक गजारा गर्दै आइरहनुभएकी ललकुदेवीको ४० वर्षका श्रीमान धर्मलाल पासवान पनि चारवर्षदेखि मानसिक रोगी भएका छन् । श्रीमानले मानसिक सन्तुलन गुमाएपछि उहाँ दोब्बर पीडामा पर्नुभएको छ ।

उहाँको पाँच जनाको परिवार छ । उहाँको जेठो छोरा १९ वर्षका बिक्रम आर्थिक अभावकै कारण १० कक्षामा पुगेर पढाई छाड्न बाध्य भएको उहाँ सुनाउनुहुन्छ । बाबुआमाको हालत दिनानु दिन बिग्रिदै गएको र उपचारको लागि कुनै उपाय नभेटिएपछि बाध्य भ एर पढाई छोड्नु परेको बिक्रम पासवान सुनाउँछन् । कान्छो छोरो ५ वर्षकै उमेरमा पोलियो रोगबाट ग्रसित भएर अपाङ्ग छ ।‘आफूले ज्यालादारीमा काम गरेर जसो तसो परिवाको २ छाक टार्ने काम गर्ने गरेको छु’, बिक्रम भन्छन्, ‘आमा निरोगी भएको बेला उहाँले सहयोग गर्नुहुन्थ्यो । तर अब त आशै छैन ।’ गहभरि आँसु बनाएका बिक्रमले आँसु पुछ्दै भने, ‘आमाको उपचार गराउँदा गराउँदै २ लाख रुपैयाँभन्दा बढी ऋण लिइसकेको छु । अब कसैले ऋण पनि दिन मान्दैन ।’उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा ललकुदेवीको कुरुवा भएर बस्ने आफन्त मंगल पासवानका अनुसार बिरामीलाई उपचारको लागि लगभग ५ लाख रुपैयाँ रकम लाग्ने डक्टरले बताएका छन् ।

उहाँका अनुसार अघिल्लो महिना डाक्टरले भर्ना बस्नु पर्ने सल्लाह दिएको थियो तर ललकुदेवी पैसा नभएपछि भर्ना नभईकनै फर्किनु परेको थियो । सहयोग मिन्छ कि भनेर उहरु बोदेबर्साइन नगरपालिका समेत गएका थिए त नगरप्रमुख आतेशकुमार सिंहले गरि बहरुलाई सहयोग गर्न आफूहरुसँग कुनै बजेट नभएको बताएपछि उनीहरु निराश भएर घर फर्केका छन् ।उहाँहरुले उपचारका लागि सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com