मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा नेपाली मुलका भण्डारीको अग्रता


प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार

अहिलेसम्मको मत परिणाम अन्तरगत अमेरिकाको मध्यावधी चुनावमा मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट्समा उम्मेदवारी दिएका नेपाली मुलका अमेरिकन नागरिक ह्यारी भण्डारीले अग्रता कायम गरेका छन् । ३ जना निर्वाचित हुने मेरिल्याण्ड हाउस अफ डेलिगेट्स डिस्ट्रिक्ट ८ मा भण्डारीले दोश्रो नम्बरमा अग्रता कायम गरिरहेका छन् ।

अहिलेसम्मको अवस्था हेर्दा डेमोक्रेटिक उम्मेदवार एरिक ब्रोमवेलले २१ हजार ३ सय ६३, डेमोक्रेटिक उम्मेदवार ह्यारी भण्डारीले २० हजार ९ सय ७७ र रिपब्लिकन उम्मेदवार जोसेफ बोटेलरले २० हजार ८१ मत ल्याएका छन् । अरु २ जना रिपब्लिकन र एकजना डेमोक्रेटिक उम्मेदवारहरुले ब्रोमवेल, भण्डारी र बोटेलरलाई पछ्याइरहेका छन् ।

अमेरिकी मुलधारको राजनीतिमा नेपाली मुलका अमेरिकी नागरिकले चुनाव जितेको इतिहास नभएको सन्दर्भमा भण्डारीले चुनाव जितेमा अमेरिकामा नयाँ इतिहास कायम हुनेछ । प्राइमरी चुनावमा डेमोक्रयाटिक पार्टीको तर्फबाट चार जना मध्येबाट तिन जना उम्मदेवार बिजयी हुनुपर्नेमा ह्यारी ५ हजार ७ सय ६५ भोट ल्याएर दोश्रो स्थानमा बिजयी भएका थिए ।

नेपालको पर्वत जिल्लामा जन्मेका भण्डारी डेमोक्रयाट पार्टीमा करिब दशक बढी देखी सक्रिय छन् । भण्डारीले चुनाव जितेमा एउटा नेपाली मुलको युवा अमेरिकी राज्यको संसद भवन छिर्नेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०१४ को चुनावमा यो क्षेत्रबाट दुईजना रिपब्लिकन र एकजना डेमोक्रेटिक उम्मेदवार विजयी भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com