बेच्न लगिएका ३७ नेपाली चेलीको भारतबाट उद्दार, एक चेली वापत ४ लाख


प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार

बेच्न लगिएको अवस्थामा भारतको उत्तर प्रदेशबाट ३७ जना नेपाली चेलीको उद्दार गरिएको छ। अन्य तीनजना चेलीलार्इ दिल्लीको एउटा कोठीबाट निकालेर उद्दारकर्मीले नेपाल ल्याएका छन्।

३७ चेलीलार्इ गाजियावादको इन्द्रपुरमस्थित एक होटलको तीनवटा फ्लाटमा थुनेर राखिएको अवस्थामा उद्दार गरिएको हो। दिल्ली र यूपीबाट उद्दार गरिएका सबै चेलीलार्इ माइती इन्डियाको टोलीले नेपालगञ्जस्थित माइती नेपालको कार्यालयलार्इ जिम्मा लगाएको छ।

माइती इन्डियाका संचालक बालकृष्ण पाण्डेका अनुसार ३७ जनालार्इ नेपालस्थित भारतीय दुतावासको समन्वयमा उत्तर प्रदेश प्रहरीको सहयोग लिएर उद्दार गरिएको हो। उद्दार गरिएका ३७ चेली सिन्धुपाल्चोक, कञ्चनपुर, बाँके, रुकुम, उदयुर, काठमाडौं, दाङ, इलाम, तेह्रथुम, उदयपुर, कपिलवस्तु, दैलेख, मोरङ लगायकाका जिल्लाका रहेको माइती नेपालले जानाएको छ।

उद्दार गरिएका घर जान चाहने चेलीलार्इ घर पठाउने र जान नचाहने चेलीलार्इ सिपमुलक तालिम दिने सेन्टरमा राखिने माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले बताए। उनका अनुसार नेपाली चेली भारतको कोठीमा सप्लाइ गर्ने काममा ३ भारतीय र २ नेपाली गरी ५ जनाको गिरोह सक्रिय छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

एक नेपाली चेली भारतको कोठीमा पुर्‍याए बापत गिरोहले चार लाख लिने गरेको उद्दारकर्मीहरुले बताएका छन्। माइती भारतका संचालक बालकृष्ण पाण्डेका अनुसार उक्त गिरोहले नेपाली चेलीलार्इ यूपीमा दुर्इ दिनदेखि दुर्इ महिनासम्म यूपीमा राखेर दिल्लीको कोठी र खाडी मुलुक पुर्‍याउने गरेको थियो।

नेपाली चेली भारतको कोठीमा पुर्‍याउने गिरोहका नाइके भारतीय रहेको खुलेको छ। नाइकेसहित गिरोहका तीन सदस्य भारतीय प्रहरीको फन्दामा परिसकेको छन्।गिरोहका दुर्इ नेपाली सदस्य फरार छन्। उनीहरुमध्य एकजना काठमाडौंमा र अर्का दुबइमा रहेको बताइएको छ। गिरोहका नेपाली सदस्यलार्इ पक्राउ गर्न इन्टरपोलमार्फत नोटिस जारी गरिएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com