भो चाहिएन यस्तो राष्ट्रियता


प्रकाशित मिति : श्रावण १८, २०७३ मंगलबार

– मुन्ना सामसुल हक

के मधेशीले आफुलाई राष्ट्रभक्त प्रमाणित गर्न भारतीयसँग लडेर सीमामा रगत नै बगाउनु पर्ने ?  मलाई नेपाली नागरिकता दे भन्दा राष्ट्रप्रेमी नठहरीने ? देशको संविधानमा पूर्ण अधिकार दे भन्दा संविधानप्रतिको प्रेम नझल्किने ?

अब चाँहि लाज लाग्यो है, यस्तो राष्ट्रियता देखेर । हिजो राज्यसँग आफ्नो अधिकारका लागि लडिरहँदा देशद्रोही करार दिइएका यी देवनारायण यादवहरु आज आफ्नो भूमी र प्राण रक्षाको लागि छिमेकीसँग लड्दा राष्ट्रवादी बनाइए । हिजो सरकारलाई मेरो अधिकार दे भन्दा धोती भन्दै गाली गरिएकाहरुलाई आज भारतसँग लडेको भन्दै टोपी लगाइँदैछ ।

मधेशी न हिजो राष्ट्रघाती थिए न आज राष्ट्रवादी भएका हुन् । मधेशी वर्षौंदेखि आफ्नै भूमिभित्र आफ्नै सरकारसँग लड्दै आएका छन् । त्यस्तै वर्षौंदेखि आफ्नो गाउँ र देशको सीमा रक्षाको लागि सीमामा पनि लड्दै आएका छन् । मधेशीले राज्यभित्रै राज्यविहिनताको पुस्तौंपुस्ताको अनुभव बोकेका छन् अनि सीमामा पनि राज्यविहिनता कै हालतमा लठ्ठी र भाटा लिएर सीमाको रक्षा गर्छन् । देशभित्र संघीयता र सींमाकनको मुद्दा उठाउँदा अपराधी हुने मधेशी अर्को देशसँग सीमा रक्षाको लागि रगत बगाउँदा देवनारायण यादव सरह जोकर बन्छन् ।

मधेशीले न कहिले ब्याक अफ इन्डिया कै नारा लगाए । न भारतलाई आफ्नो जल र भूमि नै बेचे । यी दुबै काम गर्ने अरुहरु नै हुन् । हामी मधेशी हौं, जसले भारतसँगको सांस्कृतिक, सामाजिक र पारिवारिक सम्बन्धलाई कायम राखेका छौं र हामी मधेशी नै हौं जो सँधैभरी भारतसँग सीमा रक्षाको लागि र आफ्ना भारतीय सम्बन्धीहरुसँग आफ्नो देशको बखान गर्दै लडिरहन्छौं । त्यति त यहाँका राष्ट्रवादीहरुले ब्याकअफ इन्डिया र आई एम वीथ केपी ओली भनेका छैनन् होला जति हामी मधेशीहरु आफ्ना भारतीय नातेदारहरुसँग तिम्रो देशभन्दा मेरो देश राम्रो भन्दै लडेका छौं ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केही व्यक्तिहरुलाई देवनारायण यादवहरुको कार्य नयाँ लाग्यो होला, त्यसैले टोपी लगाएर राष्ट्रभक्त नेपाली बनाउन खोजेका । तर, तराई मधेशको गाममा यी घटनाहरु नौला होइनन् । अब मधेशीलाई धोती भनेर सम्बोधन गर्दा लाज लाग्दैन । यसरी टोपी लगाई दिएर धोतीहरुको अपमान नगरौं । थोरै भएपनि लाज गरौं । भो, हामी राष्ट्रघाती नै ठीक छौं तर यसरी राष्ट्रवादको टोपी लगाएर राष्ट्रवादी हुनुको परिभाषा दिन्नौं ।

तस्विर साभार : श्यामसुन्दर यादवको फेसबुक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com