अमेरिकी चुनाव : प्रतिनिधिसभमामा डेमोक्र्याट्सको र सिनेटमा रिपब्लिकनको बहुमत पक्का


प्रकाशित मिति : कार्तिक २१, २०७५ बुधबार

अमेरिकाको मध्यावधी चुनावको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्मको अवस्था हेर्दा प्रतिनिधिसमाभा डेमोक्रेटिक पार्टीले बहुमत प्राप्त गर्ने सम्भावना उच्च रहेको छ ।

कुल ४३५ जना प्रतिनिधिसभा सदस्यहरु छानिने निर्वाचनमा अहिलेसम्म ११४ स्थानमा डेमोक्रेटिक उम्मेदवारहरुले विजय हासिल गरेका छन् भने १२९ स्थानमा रिपब्लिकन उम्मेदवारहरुले विजय हासिल गरेका छन् । पहिले जितेका १२ स्थानमा रिपब्लिकनहरुले चुनाव हारेका छन् भने पहिले जितेका १२ स्थानमा डेमोक्र्याट्सहरुले चुनाव हारेका छन् ।

प्रतिनिधिसभामा नियन्त्रण कायम गर्नका लागि २१८ सिटको आवश्यकता पर्छ । जसमध्ये अहिलेसम्मको अवस्था हेर्दा २३० सिट डेमोक्रेटिक पार्टीले जित्ने सम्भावना देखिएको छ भने २ सय ५ सिट रिपब्लिकन पार्टीले जित्ने सम्भावना देखिएको छ ।

सिनेटमा भने रिपब्लिकनहरुले ५३ सिट र डेमोक्र्याट्सहरुले ४७ सिट ल्याउने देखिएको छ । यसअगाडिको सिनेटमा डेमोक्र्याट्सको ४७ सिट, रिपब्लिकनको ५१ सिट र स्वतन्त्र २ सिट रहेका थिए । अहिलेसम्मको चुनावी परिणाम अनुशार सिनेटमा पुराना सिटसहित डेमोक्रेटिक पार्टीले ३८ सिट र रिपब्लिकन पार्टीले ५० सिटमा विजय हासिल गरिसकेको छ ।

 

फोटो : न्युयोर्क टाइम्स

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com