अमेरिकामा मतदान जारी, नेपाली अमेरिकन सहभागी, कहाँ के हुँदैछ ?


प्रकाशित मिति : कार्तिक २०, २०७५ मंगलबार

अमेरिकाको मध्यावधी चुनावमा सबै ४३५ जना प्रतिनिधिसभा सदस्यहरु र एकसयमध्ये ३५ जना सिनेटरहरु छान्न मतदान भइरहेको छ । आजको चुनावबाट ५० जनामध्ये ३६ राज्यका गभर्नरहरु पनि छानिने छन् ।

प्रतिनिधिसभामा नियन्त्रण कायम गर्नका लागि डेमोक्र्याट्सहरुले कम्तीमा २३ रिपब्लिकनहरुको पकड तोड्न जरुरी छ भने सिनेटमा नियन्त्रण कायम गर्नका लागि कम्तीमा २ जना रिपब्लिकनको पकड क्षेत्रमा जित्न जरुरी छ । आजको चुनावलाई धेरैले राष्ट्रपति ट्रम्पको जनमतसंग्रहका रुपमा समेत लिएका छन् ।

पहिलो मतदान अमेरिकाको न्युयोर्क समय अनुशार बेलुका ६ बजे बन्द हुनेछ । त्यसपछि चुनावमा परिणामहरु र अनुमानहरु ऋाउन थाल्नेछन् ।

आजको चुनावमा अमेरिकन नागरिकताप्राप्त नेपालीहरुपनि उत्साहपूर्वक सहभागी भइरहेका छन् । अमेरिकामा झण्डै ४० हजार नेपालीले त्यहाँको नागरिकता लिएर मताधिकार प्राप्त गरेका छन् । त्यस्तै मेरिल्याण्ड राज्यको डेलिगेट्समा नेपाली अमेरिकन ह्यारी भण्डारीपनि भिडिरहेकाले नेपालीहरुमाझ आजको चुनाव थप चासोको विषय बनेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मतदानमा जानेहरुका लागि आज लिफ्टले भोट डट अर्गमार्फत राइडमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यस्तै उबरले १० डलरसम्म छुट दिएको छ । डलास, ह्युस्टन, तम्पा, लस एन्जलस लगायतका कैयन शहरमा सार्वजनिक यातायात निशुल्क गरिएको छ ।

न्युयोर्कको बु्रकलिनमा मतदानका क्रममा मतदाताहरु झण्डै डेढघण्टा बाहिर परेका छन् । विहान ६ बजे खुल्ने मतदान स्थल साढे ७ बजेसम्म खोल्न नसक्दा मतदानस्थलमा पुगेका मतदाताहरु बाहिर परेका हुन् । ब्रेउकेलेन कम्युनिटी सेन्टरमा लगाइएको विद्युतीय ताला समयमा खोल्न नसक्दा मतदान ढिलो सुरु भएको हो ।

रोढ आइल्याण्डका मतदाताहरुले आफ्नो मतदानस्थलबाट गलत जानकारी प्राप्त भएको भन्दै ट्वीट गरेका छन् । केही थर्ड पार्टी एप्लिेकशनमार्फत मतदान स्थलबारे गलत जानकारी पाएको मतदाताहरुले गुनासो गरेका छन् ।

मिसिसिपी नदिदेखि पूर्वका केही क्षेत्रमा आज मतदानका क्रममा वर्षाहुनसक्ने जनाइएको छ । पश्चिमी न्युयोर्कदेखि अलाबामासम्म बर्षा र आँधीको सामना गर्नुपर्ने मौसमविदको चेतावनी रहेको छ । फिलाडेल्फिया, नर्थ क्यारोलिना, वासिंटन डिसी लगायतका क्षेत्रमा पनि बर्षा हुनसक्ने अनुमान गरिएको छ ।

टेनेसीको नोक्सभिलमा विद्युत आपूर्तीमा अवरोध उत्पन्न हुँदा मतदाताहरुले बाहिरै कागजमा मतदान गरिरहेका छन् । ब्याकअप जेनेरेटरले पनि काम नगरेपनि कागजमा मतदान गर्नुपरेको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com