श्रीमानले मलेसियामा दोस्रो विहे गरेपछि एक महिलाको बिच्चलीमा


प्रकाशित मिति : कार्तिक १९, २०७५ सोमबार

कार्तिक १९, सिरहा । श्रीमान मलेसियामा दोस्रो विबाह गरेपछि कर्जन्हा नगरपालिका बडा नं. ११ का ३५ बर्षीय अरहुलिया महतो बिच्चलीमा परेकी छिन् ।

करीब १५ बर्षदेखि मलेसियामा रहदै आएका ३८ बर्षीय श्रीमान किसुनलाल महतो उतै इन्डोनेसियन केटीसंग विहे गरेपछि अरहुलिया थप चिन्तमा डुबकी छिन् । करीब १७ बर्षअघि समाजिक परम्परा अनुसार कर्जन्हा नगरपालिका बडा नं. ६ बेतहाका अरहुलिया र सोही नगरपालिका बडा नं. ११ बगहाका किसुनलाल महतोबिच बिबाह भएको थियो । बिबाहको २ बर्षपछि किसुनलाल धना कमाउने उदेश्यले बिदेशिएका थिए । फर्केर आउने आशामा रहेकी बेला श्रीमान विदेशमै दोस्रो बिहे गरेको खबर सुनेपछि अरहुलियाको जिबनमा थप पिडा थपिएको छ ।

उनले भनिन् “बिहेको २ बर्षपछि श्रीमान मलेसिया गयो, मलेसिया गएको २÷३ बर्षसम्म केहि पैसा पनि पठायो, त्यसपछि पैसा पठाएन्, फोन पनि गर्दैन, विदेश गएको १५ बर्ष भईसकेको छ, खानबस्न समेत समस्या भएपछि अहिले माइतिमा बस्दै आएको छु ।” उनले आँसु झार्दै भनिन् “मलाई बालबच्चा पनि छैन, नागरिकता छैन्, नागरिकताको सिफारिसका लागि महिनौदेखि भौतारिदा पनि कोहि बनाई दिएनन्, बडा अध्यक्षले सिफारिस दिएन, तपाई अधिकारकर्मी, समाजसेबी, पत्रकारहरु सहयोग गरिदिनुस्, नागरिकता भएपछि कुनै रोजीरोटी गरेर जिबनयापन गर्छु ।”

बहिनीले जिबन सुखीसंग बिताउछ भन्ने विश्वासले बिहेगर्दा पनि अहिले दुखमा परेको देखेर पछताउनु परेको अरहुलियाका दाजु राजकुमार महतोले बताए । उनले भने “उसको श्रीमान बिदेशमा अर्को बिहे गरेको छ, पैसा पनि पठाउदैन, सासुससुराको मृत्यु भईसकेको छ, केहि जग्गा जमिन भएपनि उसकोे दाजुभाईहरुले दिन चाहदैन, नागरिकता पनि बनाई दिदैन, मैले जिल्ला प्रहरी कार्यालय सिरहाको महिला सेलमा पनि निबेदन दिएका थिए तर त्यहाँ पनि केहि भएन, श्रीमान बिदेशमा भएपछि हामीले केहि गर्न सक्दैनौं भन्यो ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस बिषयमा समाजिक अभियन्ता तथा समाजसेबी सरोज रायको जानकारी भएपछि उनले र्कािर्तक १६ गते अरहुलियाको घरमै पुगी घटनाको बारेमा जानकारी लिएका छन् । अरहुलियाको नागरिकताको लागि आफुले पहल सुरु गरिसकेको अभियान्ता रायले बताएका छन् । अरहुलियालाई बडा अध्यक्ष कपिल यादबले नागरिकताको लागि सिफारिस दिन नमानेको अभियन्ता रायले बताए । यस बिषयमा कर्जन्हाका मेयर गंगा पासमानसंग बुझँदा उहाले नागरिकताको लागि सहयोग गर्ने बताएको समेत उनले जनाएका हुन् । उनले भने “अरहुलियाको नागरिकताका लागि आफुले कानुन अनुसार प्रक्रिया अगाडी बढाउछु, नागरिकता भएपछि श्रीमानलाई बिदेशबाट झिकाउन सजिलो हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com