सहमति र सहकार्यबाट मुलुक विकास र समृद्धि सम्भव छ – अध्यक्ष प्रचण्ड


प्रकाशित मिति : कार्तिक १६, २०७५ शुक्रबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिपीले एकता र मेलमिलापको नीति बोकेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको सुरुवातको गरेको बताएका छन् । कार्यक्रममा अध्यक्ष प्रचण्डले सहमति र सहकार्यको हिजो जति आवश्यकता थियो आज पनि उत्तिकै महत्व र आवश्यकता रहेको बताए।

अध्यक्ष प्रचण्डले सहमति, सहकार्य र एकता सधैँ रहिरहनुपर्नेमा जोड दिए । उनले भने, ‘बृहत् शान्ति सम्झौता गर्दा सहमति र सहकार्यकै भावनाअनुरूप गरिएको थियो । र यसबाटै मुलुक विकास र समृद्धि सम्भव छ ।’

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई जवाफ फर्काउँदै सहमति र सहकार्य गराउने मूल जिम्मेवारी सत्‍तापक्षकै रहेको बताउँदै चियापान कार्यक्रममा शुभकामना दिए। उनले भने, ‘सहमति र सहकार्य त सत्‍ता पक्षले चाहे मात्र हुने हो । हामीले प्रतिपक्षको जिम्मेवारी राम्रोसँग निभाएका छौं । र अझै पनि सहमति र सहकार्य गर्न हामी पछि हट्दैनौं ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com