हाडी गाँउको जात्रा भने झै सुत्केरी भैँसी भेट्न गोठमै पुगे काभ्रेका मेयर, पाडापाडीको जन्मदर्ता, सुत्केरी भैँसीलाई भत्ता


प्रकाशित मिति : कार्तिक १६, २०७५ शुक्रबार

काभ्रेको पनौती नगरपालिकाले ‘भैंसीलाई सुत्केरी भत्ता अभियान अगाडि बढाएको छ । पनौती नगरपालिकाको तेस्रो नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुति गरिएको सो अभियान अहिले अगाडि बढाइएको हो । नगर प्रमुख भीम न्यौपानेले ‘भैंसीलाई सुत्केरी भत्ता दिइने कार्यक्रम’ अनुसार अभियान अगाडि बढाइएको जानकारी दिनुभयो ।प्रमुख न्यौपानेका अनुसार भैंसी सुत्केरी भत्ताका लागि नगरपालिकाले पाडापाडीको जन्म दर्ता र माउको बिमा अनिवार्य छ । यस कार्यका लागि नगरमा कार्यरत प्राविधिकलाई जिम्मेवारी तोकिएको मेयर न्यौपानेले बताउनुभयो ।

नगरमै पहिलो पटक पनौती–९, डिकोडाँडास्थित कमलमाई तिमल्सिनाको भर्खरै जन्मिएको पाडीलाई गोठमै पुगेर पशु चिकित्सकले जन्मदर्ता प्रमाणपत्र दिएसँगै यो अभियान शूरु भएको होे । मेयर न्यौपानेका अनुसार उनीहरुलाई पाडी हुर्काउने प्रतिबद्धता व्यक्त गरे की छिन् ।नगरपालिकाबाट हाललाई पहिलो बेतमा ब्याएको थोरे भैंसीलाई पाँच हजार र दोस्रो पछि जुनसुकै बेतको भैंसी भए पनि दुई हजार रुपैयाँ सुत्केरी भत्ता दिने व्यवस्था गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com