‘उत्तर कोरियामा महिलाको यौनशोषण सामान्य’


प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार

उत्तर कोरियाली अधिकारीहरूबाट महिलामाथि यौनशोषण हुने गरेको र त्यो प्राय: दण्डहीन रहने गरेको मानवाधिकारवादी समूह ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)को प्रतिवेदनले जनाएको छ।

एचआरडब्ल्यूका अनुसार त्यस्तो शोषण व्यापक छ र सामान्य जीवनको अंशजस्तै बनिसकेको छ।

देश छोडेर भागेका ६२ उत्तर कोरियालीसँग गरिएको कुराकानीमा आधारित भएर सो प्रतिवेदन बनाइएको हो। उनीहरूले नै बलात्कार र यौनशोषणबारे विस्तृत विवरण उपलब्ध गराएका थिए।

यसबाट उत्तर कोरियामा शक्ति र पदमा भएका पुरुषबाट खुल्ला र चरम शोषण हुने गरेको स्पष्ट भएको सो समूहले जनाएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘खेलौना’
“उनीहरू हामीलाई खेलौना भन्ठान्छन्। हामी पुरुषको नियन्त्रणमा हुन्छौँ,” ओ जङ-हीले सो प्रतिवेदनका लेखकहरूलाई भनेकी छन्।

चालीस वर्षमाथिकी ती महिला उत्तर कोरियामा हुँदा व्यापार गर्थिन्।

“कहिलेकाहीँ राति अकस्मात् रोइन्थ्यो। तर त्यसको कारण थाहा हुन्नथ्यो।”

उत्तर कोरियाभित्र हुने गतिविधिबारे सूचना सङ्कलन गर्न गाह्रो भएकाले यस्ता प्रतिवेदन दुर्लभ मानिन्छन्।

एचआरडब्ल्यूका अनुसार केही महिलाले यौनशोषण अतिसामान्य भएको र आफूलाई त्यो ‘असामान्य’ नलागेको बताएका छन्। केहीले त यौनशोषणलाई आफ्नो दैनिक जीवनको भागकै रूपमा स्वीकारिसकेको बताएका छन्।

यौनशिक्षाको अभाव र शक्तिको दुरुपयोग नियन्त्रण नहुने गरेकाले यौनशोषण गर्ने मनोवृत्ति बढेको सो प्रतिवेदनले जनाएको छ।

पीडकहरूमा उच्चपदस्थ अधिकारी, कारागारका सुरक्षाकर्मी, प्रहरी र सैनिकहरू पनि छन्।

‘उनको हातमा मेरो जीवन’
कुनै सरकारी कर्मचारीले एउटी महिलालाई ‘छान्यो’ भने उनीसँग त्यो स्वीकार्नुबाहेक अन्य विकल्प नहुने गरेको महिलाहरूले एचआरडब्ल्यूलाई बताए।

उत्तर कोरियाबाट भाग्न लाग्दा समातिएकी एउटी महिलाले हिरासतमा रहँदा एक प्रहरी अधिकृतबाट त्यस्तै दुर्व्यवहार खेप्नुपर्‍यो।

पार्क यङ-हीले भनिन्, “उनले मलाई आफूनजिकै बसाए … र मेरो गुप्ताङ्गतिर छोए… धेरै पटक फरकफरक दिनमा।”

“मेरो जीवन उनको हातमा थियो। त्यसले उनले गर्न चाहेको सबै कुरा मैले मानिदिएँ। त्योबाहेक म अरू के नै गर्न सक्थेँ र?”

एचारडब्ल्यूले उत्तर कोरियालाई ‘यौनहिंसाको समस्या स्वीकार्न’ र त्यसलाई अपराध मान्न आग्रह गरेको छ।

सन् २०१४ मा प्रकाशित संयुक्त राष्ट्रसङ्घको एउटा प्रतिवेदनमा उत्तर कोरियामा राज्यबाट नै मानवाधिकारको चरम उल्लङ्घन सङ्गठित र व्यापक रूपमा हुने गरेको उल्लेख गरेको थियो।

सो प्रतिवेदनले उत्तर कोरियाका कारागार र हिरासतमा बलपूर्वक गर्भपतन, बलात्कार र यौनहिंसा हुने गरेको पनि जनाएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com