अप्रेशन गरी बच्चा जन्माउनु फाइदा वा बेफाइदा ? हरेक महिलाले पढ्नै पर्ने जानकारी


प्रकाशित मिति : कार्तिक १५, २०७५ बिहीबार

नेपालमा अझ विशेष गरी शहरी क्षेत्रमा बच्चा जन्माउन शल्यक्रिया ‘सिजेरियन सेक्सन’को प्रचलन बढ्दो छ ।

निजी अस्पताल तथा सरकारी अस्पतालमा पनि चिकित्सकले बिना कारण सिजेरियन गरी दिन्छन् भन्ने धारण व्यापक छ । जसलाई केही हद नकार्न सकिदैन । प्राकृतिक रुपमा बच्चा जन्माउनु सबैभन्दा उपयुक्त हो भन्ने ज्ञान सबैलाई हुँदा पनि प्राकृतिक डेलिभरीका लागि लामो समय कुनुपर्ने भएकाले छिटोछिटो सिजेरियन गरेर प्रसव पिडाबाट मुक्ति पाउन शल्यक्रिया रोजेको पाइन्छ ।

आजका आमाहरु पिडा पनि चाहँदैनन् र उनीहरुमा धैर्यताको अभाव पनि उत्तिकै छ । दोस्रो कुरा स्वास्थ्य संस्थाले जोखिम लिन चाहदैनन् ।

शल्यक्रिया गर्नु पर्ने विभिन्न कारणहरु मध्ये सालले बच्चा निक्लने बाटो ढाक्नु, बच्चा निस्कने ठाउँ साँघुरो हुनु, बच्चाको तौल कम हुनु, डेलीभरी गराउँदा गराउँदै बच्चाको मुटुको ढुकढुकी कम भयो वा अनियमित हुनु, पेटभित्र नै बच्चाले दिशा गरेमा, गर्भवतिलाई उच्च या कम रक्तचाप हुनु, बच्चा उल्टो वा तेर्सो बसेमा, आमालाई मधुमेह भएमा र कतिपय अवस्थामा आमाको उमेरका कारण पनि शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्राकृतिक अवस्थाबाट नै बच्चा जन्माउनु आमा तथा शिशुका लागि उत्तम हुन्छ । तर पनि कतिपयले शल्यक्रियाका लागि नै दबाब पनि दिन्छन् । अर्को कुरा चिकित्सा क्षेत्रमा देखिएको विकृतिले गर्दा जे कुराको दोष पनि डाक्टरलाई नै दिने गरिन्छ । त्यसैले आजभोली चिकित्सक तथा स्वास्थ्य संस्था जोखिम लिन चाहदैनन् र शल्यक्रिया गरिदिन्छन् ।

नरमल डेलिभरी भनेको नितान्त बिरामीको हितका लागि हुने हो किनभने शल्यक्रिया गरेर बच्चा निकाल्नु डाक्टरको लागि नै सजिलोको कुरा हो । नरमल डेलिभरी गराउँदा केही समस्या देखिन सक्छ । यस्तो अवस्थामा डाक्टरलाई विश्वास गर्न सक्नुपर्छ ।

सिजेरियन र स्वास्थ्य

पहिलो बच्चा अप्रशेन गरेर निकालिएको हो भने दोस्रो पटक प्राकृतिक रुपमा बच्चालाई जन्म दिन सकिन्छ या सकिदैन यो धेरैको चासोको विषय हो । दोस्रो बच्चा जन्माउँदा नर्मल डेलिभरी गर्न सकिदैन भन्ने होइन तर कहिले काँही पाठेघर फुट्ने सम्भावना धेरै हुन्छ ।

विरामीको मञ्जुरी छ र प्राकृतिक रुपमा नै बच्चा जन्माउन सक्ने सम्भावना छ भने नर्मल तरिकाले नै बच्चालाई जन्म दिन सकिन्छ ।

तीन पटकसम्म अप्रेशन गरेर बच्चा पाउन सकिन्छ । तर कसैको पहिलो पटक अप्रेशन गर्दैमा पाठेघर एकदम पातलो भइसकको छ र आन्द्रा भुडीँमा टासिएको छ भने दोस्रो पटक पनि अप्रेशन गर्न जोखिम हुन जान्छ । यदि सबै कुरा ठिक छ भने तीन पटक सम्म अप्रशेन गर्न सकिन्छ ।

अप्रशेन पश्चात आउने खतरा

अप्रशेन आफैमा एक खतरा हो, यसको आफ्नै कम्पलिकेशन हुन्छन् । सर्जरी गर्दा रक्तश्राव र सङ्क्रमण हुन सक्छ । बच्चा जन्मने मिति भन्दा करिब २० दिन अगाडिसम्म पनि अप्रशेन गरेर बच्चा जन्माउन सकिने भएकाले समय अगाडि नै अप्रेशन गर्ने प्रचलन बढ्दो छ ।

अप्रेशन पश्चात अर्को बच्चाको जन्मका लागि कम्तीमा २ वर्षको समय आवश्यक छ तर पनि २ वर्षसम्म पनि कसैको स्वास्थ्य पूर्णरुपले तन्दुरुस्त नहुने भएकाले अलि समय पर्खनै पर्छ ।

लगातार छिटो गर्भवती हुँदा पहिलेको रिकभरी नहुने भएकाले शरीरमा समस्या थपिन पुग्छ । पाठेघर पनि मजबुत भएको हुदैन । त्यस्तै सिजेरियनबाट बच्चालाई जन्म दिएको १ महिनासम्म शारीरीक सम्बन्ध राख्नु हुदैन ।

सर्जरी गरी बच्चा जन्माएपछि सरसफाईमा अत्यन्तै ध्यान दिनुपर्छ नत्र घाउ पाक्ने सम्भावना बढी हुन हुन्छ । सुरुको तीन महिना जति गाह्रो काम गर्न हुदैँन । सामान्य तरिकाले सुत्केरी हुदाँ ४५ दिन आराम गर्न चिकित्सक सुझाव दिन्छन् तर यसमा आराम अलि बढी नै चाहिन्छ । भारी काम गर्यो भने घाउ सञ्चो भए पनि हर्निया हुने सम्भावना बढी हुन्छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com