अष्ट्रेलियामा ट्याक्स रिफण्ड दोब्बर पार्ने उपाय यस्तो छ


प्रकाशित मिति : कार्तिक १४, २०७५ बुधबार

यदि तपाईंको कमाइ ५१ हजार २१ डलर भन्दा कम छ भने १ हजार डलर सुपरमा भाग लगाइदिनुहोस् र यसले गर्दा ५ सय डलर, सरकारबाट बोनस आउँछ । यो को–कन्ट्रीब्युसन स्किम अन्तर्गत हो । यो सुपरफन्डमा जान्छ र तपाईको उमेर ५५ वर्ष पुगेपछि तपाईंले जम्मा भएको उक्त रकम फिर्ता पाउनुहुन्छ।

त्यस्तै मोर्गेजको २५६४ डलर रिफन्ड दिनुभयो भने त्यसले पनि तपाईंलाई ट्याक्स रिफन्ड बढाउनमा सहयोग गर्छ । यदि तपाईं ३ लाख ७ हजार ५ सय डलरको अस्सी मर्गेजको लागि ५.२३ प्रतिशत एभरेज बिग ब्याङ्क एड्भर्टाइज्ड रेटमा हुनुहुन्छ भने तपाईंको नेट सेभिङ ३ हजार ७ सय ८४ डलर हुन्छ।

ट्याक्स घटाउने अर्को उपाय भनेको स्वास्थ्य बीमा हो। सकेसम्म ३१ वर्ष नपुग्दै स्वास्थ्य बीमा गर्नुहोस् । किनभने त्यसपछिको स्वास्थ्य बीमा गर्दा धेरै रकम तिर्नुपर्ने हुन्छ ।

ट्याक्स डिडक्सन मार्फत पनि तपाईंले राम्रो ट्याक्स रिफन्ड पाउन सक्नुहुन्छ ।

यहाँ ट्याक्स डिडक्सन हुने खर्चहरु उल्लेख गरिएको छ :

-यदि अफिस र घरबीचमा यात्रा गर्दा आफ्नो गाडी प्रयोग गर्नुहुन्छ भने ।

-तपाईंको अफिसको लोगो भएको कपडाहरु धुने वा मर्मत गर्ने खर्च ।

-कसैलाई दान वा उपहार दिए वापतको रकम ।

-अफिसको लागि घरमा गरिएको खर्च समेत, जस्तै इन्टरनेट सेवा ।

-हाल काम गरिरहेको क्षेत्रसंग सम्बन्धित विषयको पढाइ खर्च ।

-कम्प्युटरको डिप्रिसीएसन, पत्रिकाहरुको सदस्यता, व्याज तिरेको आदि ।

-कामसंग सम्बन्धित साना देखि ठूला सामानहरु किन्दाको खर्च ।

-युनियन शुल्क, ओभरटाइम खाना खर्च, इनकम प्रोटेक्सन इन्सुरेन्स आदि ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com