महानगरिय प्रहरी परिसर काठमाडौंको टोलीले चोरीको मोटरसाइकलसहित नेपाल प्रहरीका ३ जवानलाई पक्राउ गरेको छ । पक्राउ पर्ने प्रहरी जवानमा वासिङटन घर्ती , दीपेन्द्र शाही र इन्द्रजित कडरिया रहेका छन् ।
उनीहरुलाई महानगरिय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार पक्राउ गरेको हो । उनीहरुले बा ५७ प २५९९ नम्बरको मोटरसाइकल चोरीगरेको प्रहरीले जनाएको छ । मोटरसाइकल चोरी गर्ने गिरोहको खोजी गर्ने क्रममा सिसिटिभीको दृष्यमा उनीहरुपनी देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
परिसर प्रहरीका अनुसार मोटरसाइकल कात्तिक ५ मा चोरेका थिए । घर्ती र शाही महानगरीय प्रहरी प्रभाग पाटनमा कार्यरत छन् भने कडरिया महानगरीय प्रहरी वृत स्रोह्रखुट्टेमा छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।