करिव २५ लाख रुपैयाँ बराबरको माछा मर्‍यो, कसले हालिदियो पोखरीमा विष ?


प्रकाशित मिति : कार्तिक ११, २०७५ आईतबार

माछापालनले मनग्य कमाइ हुने देखेर नजिकैको माछा गाउँको देखासिकीबाट करैयामाई गाउँपालिका-१ का दीपक पासवानले गत वैशाखमा डेढ बिघा खेतमा पोखरी खनाए । जेठदेखि ऋण गरेर माछापालन सुरु गरे । माछा स्यारहार गर्न दाना, पिनालगायततमा हजारौं रकम खर्च गरे । मंसिर १५ देखि माछा मारेर बेच्ने सपना थियो थियो । तर, उनको सपना पूरा हुन पाएन ।

गत शुक्रबार राति अज्ञात व्यक्तिले पोखरीमा विष हालेपछि विषले झन्डै २५ लाख बराबरको माछा मरेको छ। माछापालन उत्साही दीपक निराश भएका छन्।

‘पोखरी खन्नेदेखि पोखरीमा पानी हाल्ने र हालिएको माछाको भुरा तयारी गर्न लागेको खर्च नै डुब्यो। अब ऋण कसरी तिर्ने? चिन्ता भयो,’ उनले भने, ‘मिहिनेतले तयारी गरिएको माछा रातारात एकैछिनमा स्वाहा बनाइदियो।’ छानबिनका लागि प्रहरीमा उजुरी दिएको उनले बताए। प्रहरीले विष जाँचका लागि नमुना संकलन गरेको छ। पोखरीबाट १ लिटरको विषादीको सिसीसमेत बरामद भएको छ। ‘विभिन्न जातका ठूला माछालाई दानापिना खुवाएर डेढ केजी साइज बनाएको थिएँ,’ उनले भने, ‘बिमा पनि गरेको थिइनँ।’

मत्स्य व्यवसायी संघका जिल्ला कोषाध्यक्षसमेत रहेका दीपकको माछा नोक्सानी उदाहरण मात्र हुन्। ‘अन्य अन्नबालीको खेती छाडेर माछापालन सुरु गरे। तर एक वर्ष नबित्दै आम्दानी हात पार्ने धोको चकनाचुर भयो,’ उनले भने। माछाको ‘हब’ बन्दै गएको यस जिल्लामा थुप्रै माछा किसानलाई विष हालेर यस्तै क्षति पुर्‍याउने प्रवृत्ति बढेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो केही वर्षदेखि फस्टाएको माछापालन व्यवसाय असुरक्षित बन्दै गएपछि माछा किसान चिन्तित छन्। माछापालन असुरक्षित भएपछि यहाँका माछापालन गर्ने किसानले बर्सेनि ठूलो क्षति बेहोर्नुपरिरहेको छ। नोक्सानीको क्रम बढ्न थालेपछि उनीहरूको लगानी जोखिममा परेको छ। रिसइबीले माछा पोखरीमा विष हालेर किसानलाई नोक्सानी पुर्‍याउन थालेपछि चिन्तित भएका हुन्।

तरकारी बालीमा प्रयोग गरिने ‘इन्डोसल्फान’ नामक विष हालेर नोक्सानी पुर्‍याउने गरिएको कृषि ज्ञान केन्द्रका कृषि प्राविधिकहरू बताउँछन्। मत्स्य व्यवसायी संघका जिल्ला अध्यक्ष जंगबहादुर साहका अनुसार जिल्लामा ३ हजार ६ सय हेक्टरमा ६ हजार ५ सय पोखरी छन्।

त्यसमा ४ हजार ७ सय किसानले माछापालन गरेका छन्। आर्थिक वर्ष ०७४/०७५ मा जिल्लामा साढे ३ अर्बको जिउँदो तथा मारेको माछाको व्यापार भएको साहले बताए। उनका अनुसार यहाँ बर्सेनि ४५ देखि ४७ हजार टन माछा उत्पादन हुने गरेकामा त्यसको २५ प्रतिशत माछा विष हाल्दा नोक्सानी भइरहेको छ।
सरकारले अरू मुलुकबाट माछा आयातलाई रोकी स्वदेशकै उत्पादनबाट आपूर्ति गर्ने योजना बनाएर माछापालनतर्फ उत्साही बनाउन बर्सेनि करोडौं अनुदान दिन थालेपछि किसानहरूको माछापालनमा आकर्षण बढेको छ। तर, उक्त उत्साह नोक्सानीको चपेटामा परिणत हुन थालेपछि उनीहरूको माछापालनतर्फ मनोबल घटदै गएको साहको भनाइ छ।

‘रिसइबी साध्न विष हालेर नोक्सानी पुर्‍याउने प्रवृत्ति बढेकाले किसानको मनोबल घटदै गएको छ,’ सिम्रौनगढका माछा किसान रमेश कुसवाहाले भने। गत वर्षमा आधा दर्जन किसान यस्तै विषको सिकार भए। ‘सरकारले बिमा पनि गरिदिएको छैन, कारबाही गर्ने निकाय पनि मुद्दा चलाइदिँदैनन्, जसले हामी माछा किसान पीडित छौं,’ कोल्हवी नगरपालिका १ का माछा किसान वीरेन्द्र चौधरीले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com