खानेपानी मन्त्री बिना मगरको निर्देशनमा ७ वटै प्रदेशमा छानबीन समिति गठन (काे काहाँ नामसहित)


प्रकाशित मिति : कार्तिक ८, २०७५ बिहीबार

खानेपानी मन्त्रालयले बजेट रकमान्तरका बारेमा छानविन गर्न सात वटै प्रदेशमा छानवीन समिति गठन गरेको छ ।

खानेपानी मन्त्रीको निर्देशनपछि बुधबार दिउँसो खानेपानी मन्त्रालयका सचिव गजेन्द्र कुमार ठाकुरको अध्यक्षतामा बसेको बैठकले छानविन टोली गठन गरेको हो । बैठकले रकमान्तरका विषयमा सार्वजनिक भएका विषयबारे सत्यतथ्य बुझेर १५ दिनभित्र बुझाउन टोलीलाई निर्देशन दिएको छ ।

अनुगमनमा टोलीमा प्रदेश नं। १ मा अरुण सिम्खडा, कमलकान्त पौडेल र नरेश रेग्मी, प्रदेश नं। २ मा नन्दलाल बञ्जाडे, नारायण पाण्डे र समित यादव, प्रदेश नं। ३ मा रमाकान्त दुवाडी, अनोज उपाध्याय र रामचन्द्र ढंगाल, प्रदेश नं। ४ मा चन्द्रबहादुर केसी, महेन्द्र महर्जन र लोकबहादुर खड्का रहेका छन् ।

त्यसैगरी प्रदेश नं। ५ मा प्रदीप मुडवरी, तिलकराम श्रेष्ठ र राजेन्द्र घिमिरे, प्रदेश नं। ६ मा प्रेमकृष्ण सिंह, सुधिर शाह र नवराज न्यौपाने र प्रदेश नं। ७ मा पूर्णप्रसाद उपाध्याय, मधुसुदन खनाल र भक्तबहादुर शाह रहेका छन् । अनुगमन टोलीले रकमान्तरका विषयमा अध्ययन र छानविन गर्नेछ । बुधबार सञ्चार माध्यममा खानेपानी मन्त्रालय मातहतका कार्यालयहरुमा रकमान्तर भएको रकम दुरुपयोग भन्ने आशयका समाचार आएपछि मन्त्रालयले आकस्मिक बैठक आब्हान गरेको थियो । खानेपानी मन्त्री बिना मगरको निर्देशनमा बसेको बैठकले यथार्थ बिवरण आएपछि थप निर्णय लिने जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मन्त्रालयको स्वीकृति बिना गरिएको रकमान्तर मान्य नहुने भन्दै यथाशिघ्र छानविन टोली गठन गर्न खानेपानी मन्त्री बिना मगरले सचिव ठाकुरलाई निर्देशन दिएकी थिइन् । रकमान्तरबारे थप रिपोर्ट आएपछि पुन बैठक बसेर आवश्यक कार्वाही गर्ने सचिव ठाकुरले जानकारी दिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com