राष्ट्रिय गाैरवकाे अायाेजनामा लगानीकाे अवसर : १ करोड ५८ लाख कित्ता शेयर कार्तिक १५ देखि बिक्रीमा


प्रकाशित मिति : कार्तिक ३, २०७५ शनिबार

राष्ट्रिय गाैरवकाे अायाेजना माथिल्लो तामाकोशी हाइड्रोपावरमा लगानी गर्ने अवसर अाएकाे छ । निर्माण सम्पन्न हुनै लागेकाे अायाेजनाले कार्तिक १५ गतेदेखि भारी मात्रामा सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । इच्छुक लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धकको काम प्रबन्धकले जनाएका छन् ।

बिक्री प्रबन्धकको काम गरिरहेका नागरिक लगानी कोष र सनराइज क्यापिटलले यो आइपीओमा कात्तिक १९ गतेसम्म अावेदन दिन सकिने जनाएका छन् । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने मंसिर १४ गतेसम्म आवेदन खुला रहनेछ ।

दोलखाको गौरीशंकर गाउँपालिका १ लामाबगरमा निर्माण भइरहेको ४ सय ५६ मेगावाटको राष्ट्रिय गौरवको यस आयोजनाले गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म दोलखाका स्थानीयबासीका लागि शेयर निष्काशन गरिसकेकाे छ । अायाेजना प्रभावित स्थानीयका लागि वर्गीकृत रुपमा कुल चुक्ता पुँजीको १० प्रतिशत अर्थात् १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ निष्काशन गरिसकेको हाे । स्थानीय बासिन्दाको आइपीओ पनि खुलेको ८ दिनमै मागभन्दा बढी अावेदन परेकाे थियाे ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्तिक १५ बाट बिक्री खुला रहने शेयरका लागि भने देशैभरका नागरिकले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् । ‘मेरो सेयर’का प्रयोगकर्ताले भने अनलाइनबाटै पनि आवेदन दिन सक्नेछन् ।

आयोजनाले गत साल २०७४ फागुनमा ३ करोड ६० लाख ६ हजार कित्ता सेयर बिमा संस्थानका कर्मचारी, विद्युत प्राधिकरणका कर्मचारी, नागरिक लगानी कोष र सञ्चय कोषमा रकम जम्मा गर्ने कर्मचारीका लागि समेत शेयर निष्काशन गरिसकेको छ ।

पहिलाे चरणकाे विद्युत उत्पादन सम्पन्न भएपछि यस आयोजनाले दोस्रो चरणमा रोल्वाङ खोलाबाट समेत १६७ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएकाे छ । माथिल्लो तामाकोशीको विद्युत गृहबाट निस्कने पानीबाट १०१ मेगावाटको तामाकोशी पाँचौ निमार्ण कार्य पनि अघि बढिसकेको अायाेजनाले जनाएकाे छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com