छोरो नायक भएको चलचित्र हेरे भुवनले अमेरिकामा दर्शकमाझ


प्रकाशित मिति : श्रावण १८, २०७३ मंगलबार

 – विजय थापा / वाशिंगटन डिसी

 
डिसीमा नायक भुवन केसीले ड्रिम्स’ चलचित्र दर्शक माँझ संगै बसेर हेरेका छन् l आफ्नो सुपुत्र अनमोल केसीले नायकको अभिनय गरेको र केसीले प्रथम पटक निर्देशन गरेको चलचित्र ड्रिम्स जुलाई ३१ तारिख भर्जिनियाको आर्लिंगटनको लोम्यान्स चलचित्र मन्दिरमा प्रदर्शन गरियो l 
 
उक्त कार्यक्रममा नायक भुवन केसीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डिसी महानगर क्षेत्रले उनले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गर्यो l  समाजका अध्यक्ष तथा लोक गायक राम प्रसाद खनाल लगायतले खादा सहित सम्मान पत्र प्रदान गरेको थियो l 
 
कार्यक्रममा नायक केसीले छोटो मन्तब्य राख्दै नेपाली चलचित्रको ईतिहासमा ड्रिम्स चलचित्र सर्बाधिक लोकप्रिय हुनुका साथै राम्रो रकम संकलन गर्न सफल भएको बताएका थिए  l उन्का छोरा अनमोललाई पनिडिसीको लागि ल्याउन कोसिस गरिएता पनि अर्को चलचित्रमा व्यस्त भएको कारण आउन नसकेको उनले बताए l जति पनि दर्शक उपस्थित भएका छन् अधिकांश आफुले चिने जानेका ,साथीभाई तथा नजिकका रहेकोले धन्यवाद दिए l डिसीको यो प्रदर्शन सकेर आफु नेपाल उड्ने बताउदै संगै चलचित्र हेर्ने बसेका थिए l 
 
ड्रिम्स चलचित्रको आयोजना संचारकर्मी तथा रेडियो जिन्दगिका कार्यक्रम संचालक सरोज केसी ,राज श्रेष्ठ तथा दिपेन खरेलको बिशेष पहलमा सम्पन्न भएको हो l संचार कर्मी सरोज केसीले यो चलचित्र बाट खर्च कटाएर बचत भएको रकम नेपालमा बिशेष कारणमा खर्च गरिने बताए l 
 
केसीले दर्शक ,आर्थिक सहयोग गर्नु हुने चन्दादाता ,संचार कर्मी तथा बिशेष अर्थ प्रदान गर्नु हुने सबैलाई बिशेष नाम लिदै धन्यवाद दिएका छन् l र दर्शकहरुले आफ्ना प्रिय कलाकार नायक भुवन केसी संग तस्बिर खिचाएका थिए l 
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com