प्रधानमन्त्रीको स्वागत र्‍यालीः धपेडीले छात्राको मृत्यु


प्रकाशित मिति : मंसिर २४, २०७३ शुक्रबार

प्रधानमन्त्री पुष्पकमल दाहालको स्वागतका लागि र्‍यालीमा सहभागी छात्राको ज्यान गएको छ । वीरेन्द्रनगरमा सुरू भएको कर्णाली एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला उद्घाटनका क्रममा निकालिएको र्‍यालीमा सहभागी १३ वर्षीया छात्रा समीक्षा आचार्यको बिहीबार ज्यान गएको हो ।

वीरेन्द्रनगरको होराइजन माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत आचार्य र्‍यालीमै बेहोस भएकी थिइन् । वीरेन्द्रचौक पुगेपछि बेहोस भएकी उनलाई तत्कालै वीरेन्द्रनगरस्थित नर्सिङ होममा भर्ना गरिएको थियो ।

त्यहाँ उपचार हुन नसकेपछि उनलाई कोहलपुर शिक्षण अस्पतालमा लगिएको थियो । त्यहाँको डाक्टरले समीक्षालाई मृत घोषित गरेका थिए । प्रधानमन्त्रीको स्वागत गर्न भन्दै बिहान १० बजे विद्यालयबाट सिधै उनी र्‍यालीमा गएकी अन्नपूर्ण पोस्टमा खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com