नेवा: नख: न्यूयोर्कमा बिष्णुमान प्रधानको नेतृत्व


प्रकाशित मिति : आश्विन २९, २०७५ सोमबार

नेवा: नख:  न्यूयोर्कको दोस्रो अधिवेशनले बिष्णुमान प्रधानको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । संस्थापक अध्यक्ष तथा प्रमुख निर्बाचन आयुक्त बीरेन्द्र प्रधानको निर्वाचन कमिटीले नयॉं कार्यसमिती निर्वाचित गरेको हो ।

नयॉं कार्यसमितिको अध्यक्षमा बिष्णु मान प्रधान, प्रथम उपाध्यक्षमा महेन्द्र बीर बज्राचार्य, द्वितीय उपाध्यक्षमा बिमला श्रेष्ठ, महासचिवमा डा. नरेश मान शाक्य, सचिवमा संगीता मुखिया छोंचू, कोषाध्यक्षमा दीपक कुमार प्रधान, सहकोषाध्याक्षमा सुजन श्रेष्ठ, निर्वाचित गरेका छन भने सदस्यहरुमा नम्रता प्रधान, गणेश श्रेष्ठ, कुमार भक्त श्रेष्ठ, भरत शाक्य, महेन्द्र कुमार बज्राचार्य र गौतम कर्माचार्य निर्वाचित भएका छन ।

नख :को बिधान अनुसार पूर्ब अध्यक्षहरू स्वत सल्लाहाकार हुने भएकोले संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान र निर्वतमान अध्यक्ष राजा शाक्य सल्लाहाकार रहेका छने भने सभाले पूर्ब सल्लाहाकार अजय छोचूं र राज कुमार श्रेष्ठ लाई सल्लाहाकारमा चयन गरेका छन् ।

संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान, निर्वतमान अध्यक्ष राजा शाक्य, सल्लाहाकार अजय छोचूं र राज कुमार श्रेष्ठले नब निर्वाचित कार्यसमिति लाई सफल कार्यकालको लागी शुभकामना दिएका थिए ।

साधारण सभाले बृहत रूपमा छलफल गरी नख: को बिधानमा केही पद र दफाहरू थपी बिधान शंसोधन गरेको छ। सभामा संस्थाको नयॉं सदस्यता पनि बितरण गरिएको थियो ।

नेवा: नख: न्यूयोर्क नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण र प्रबर्दनकालागि  न्युयोर्कमा स्थापना गरिएको संस्था हो । यो संस्थाले समुदायको हितका लागी बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ। नेवा: कला संस्कृतिको क्षेत्रमा काम गर्दै सबै समुदाय संग हातेमालो र सहकार्य गर्दै नख: लाई अगाडी बढाउने कुरा नव निर्वाचित अध्यक्ष बिष्णु मान प्रधानले गरेका छन् ।

नेवा: नख: न्यूयोर्कका उपाध्यक्ष बिष्णु मान प्रधानले सभामा उपस्थित सम्पूर्ण सदस्यज्यूहरूलाई स्वागत गरी संचालन गरीएको साधारण सभाको अध्यक्षता नख: अध्यक्ष राजा शाक्यले गरेका थिए भने प्रमुख अतिथिमा नख: संस्थापक अध्यक्ष बीरेन्द्र प्रधान थिए ।

उक्त सभामा महासचिब महेन्द्र बीर बज्राचार्यले संस्थाको कार्य प्रगति बिबरण पेश गरेका थिए भने सभामा संस्थापक सचिब संजय शिलाकार, सल्लाहकार अजय मान छोचूं, राज कुमार श्रेष्ठ, सचिब डा. नरेश मान शाक्य, सदस्य दिपक कुमार प्रधान, नम्रता प्रधान, सुजन श्रेष्ठहरूले नखस् लाई समुदायको हितमा अझ बढी सबल, सक्षम र सफल संस्था बनाउनका लागी शुभकामना सहित आआफ्ना मन्तब्य ब्यक्त गरेका थिए।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com