४८ किलो गाजा र २१ किलो चरेस सहित २ पक्राउ


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

बीरगंज पर्साको पटेर्वासुगौली गाउँपालिका १ सोनवर्षाबाट प्रहरीले झण्डै ४८ किलो गाजा र २१ किलो चरेश सहित दुई जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साले आज पत्रकार सम्मेलनको  आयोजना गरी पक्राउ परेको गाँजा, चरेश सहित अभियुक्तहरुलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको मनहरी गाउँपालिका ४ डिल्लीपुर बस्ने ५२ बर्षिय वीरबहादुर मोक्तान र पलाँसे गाउँपालिका ३ सरिखेतका ४४ बर्षिय सूर्यबहादुर स्याङ्तान रहेको  पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिनुभयो ।

मकवानपुरबाट गाँजा लिएर आएका तस्करहरु पर्साको ग्रामिण क्षेत्र प्रबेश गरेसगंै इलाका प्रहरी  कार्यालय पटेर्वासुगौली र प्रहरी चौकी रंगपुरबाट खटिएको गस्ति टोलीसग जम्का भेट भएको र लागु औषधका तस्करहरुलाइ नियन्त्रणमा लिन खोज्दा ८÷९ जना तस्करहरु भागेर फरार भएका थिए भने दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी उपरिक्षक ढकालले बताउनु भयो ।

फरार भएका तस्करहरुले गाँजा घटना स्थलमै छाडेर भागेको प्रहरीले दावी गरेको छ । पक्राउ परेकाहरुलाई थप कारवाहीका लागि प्रहरी हिरासतमा राखिएको र फरार अभियुक्तहरुको खोजतलास भई रहेको प्रहरीले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com