सोमबारदेखि सर्वसाधारणले श्रीपेच हेर्न पाउने


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

शाहवंशको विरासतका रूपमा रहेको श्रीपेच आगामी सोमबारबाट सर्वसाधारणले हेर्न पाउने भएका छन् ।नारायणहिटी दरवार सङ्ग्रहालय पुग्ने अवलोकनकर्ताहरूले सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच देख्न पाउने छन् ।

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने, ‘सोमबारबाट सबैको प्रतीक्षा सकिँदैछ । सुरक्षाका साथ श्रीपेचलाई प्रदर्शनमा राखिनेछ ।’

श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट (टायरा), तरवार, राजदण्ड, झारी, चमर लगायत सामग्री पनि प्रदर्शनीमा ल्याउने छ ।दरबार सङग्रहालयका पदाधिकारीहरूका अनुसार श्रीपेचलाई सुरक्षाका सात वटा तहमा राखिने भएको छ । गोरखापत्रमा खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com