नेपाल आइडलबाट बाहिरिए गोल्डेन माइक विजेता मिनराज पौडेल


प्रकाशित मिति : आश्विन २७, २०७५ शनिबार

नेपाल आइडल सिजन-२ को शीर्ष १० बाट चितवनका पहिलो गोल्डेन माइक बिजेत मिनराज पौडेल बाहिरिएका छन् ।नेपाल आइडलको शीर्ष नाइनका लागि भएको प्रतिस्पर्धाका क्रममा बिहीबार बिरामी भएर गलाले साथ नदिँदा गीत गाउन नसकेका उनी दर्शकको भोट र जजको मूल्याङ्कनका क्रममा पछि पर्दै बाहिरिएका हुन् ।

चितवनको रत्ननगरका मिनराज पौडेलले मकवानपुरको हेटौँडामा भएको नेपाल आइडल सिजन-२ को अडिसनका क्रममा उत्कृष्ट गीत गाउँदै गोल्डेन माइक जितेका थिए । झुस्स दाह्री पालेका उनी गितार भिर्दै नेपाल आइडलको अडिसनका लागि हेटौँडा पुगेर जजको मन जिती गोल्डेन माइक जितेर सीधै गाला राउन्ड पुगेका थिए ।

२५ वर्षीय मिनराजले हेटौँडा अडिसनमा गितारको धुनसँगै आफ्नो स्वरमा गाइने दाइले……. गुनगुनाएका थिए । सानैदेखि संगीतका पारखी बाबुका छोरा उनले नेपाल आइडलको अडिसनबाटै नयाँ रेकर्ड पनि बनाएका थिए ।

नेपाल आइडलका दुवै सिजनका अडिसनबाट अघिल्लो चरणमा जाने अरु प्रतिस्पर्धीले गोल्डेन टिकट मात्रै पाउने गरेका थिए । तर उनले गोल्डेन टिकटसँगै गोल्डेन माइक जितेर सोझै गाला राउन्डमा प्रवेश गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर शीर्ष ९ का लागि भएको प्रतिस्पर्धामा बिरामी भएर गलाले साथ नदिँदा बिहीबार उनले गीत गाउन सकेका थिएनन् । शुक्रबार भने उनले दोलखाका पवन गिरीसँग मिलेर गीत गाएका थिए ।

नेपाल आइडलमा दुवै सिजनका अडिसन राउन्डबाट सीधै गाला राउन्डमा प्रवेश पाउने उनी पहिलो प्रतिस्पर्धी थिए । उनले अडिसनका क्रममा गीत गाउँदा जजहरु कालीप्रसाद सापकोटा र न्ह्यू बज्राचार्यले उठेर उनको सम्मान गरेका थिए । अर्की जज इन्दिरा जोशीले पटक पटक तारिफ गरेकी थिइन् ।

मिनराजले गोल्डेन माइक जितेर सीधै गाला राउन्डमा पुगेको श्रेय आफ्ना बाबु, परिवार र साथीभाइलाई बाँडेका थिए । ‘पेशाले शिक्षक हुँ तर सानैदेखि संगीतप्रति रुची र लगाव छ, बुवाले सानैबाट गाउने गरेकाले मलाई प्रेरणा मिल्यो’, उनले अडिसन राउन्डबाट सीधै गाला राउन्डमा प्रवेश गर्दा उनले भनेका थिए, ‘नेपाल आइडल एउटा प्लेटफर्म हो, मेरो र परिवारको सपना पुरा गर्ने माध्यम हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com