सशस्त्र द्वन्द्वमा ११२ बालबालिका बेपत्ता


प्रकाशित मिति : मंसिर २३, २०७३ बिहीबार

दशवर्षे सशस्त्र द्वन्द्वको समयमा बेपत्ता पारिएकामध्ये झन्डै चार प्रतिशत बालबालिका रहेको तथ्य सार्वजनिक भएको छ । सशस्त्र द्वन्द्वका समयमा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्ति खोजबिनका लागि गठित आयोगले प्राप्त उजुरीको प्रारम्भिक अध्ययनपछि यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । द्वन्द्वमा बेपत्ता पारिएका व्यक्ति खोजबिनका लागि परेका दुई हजार ८८६ उजुरीमध्ये ११२ जना १६ वर्षमुनिका बालबालिका छन् । कुल सङ्ख्याको यो झन्डै चार प्रतिशत हो ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्य प्राडा विष्णु पाठकले प्राप्त उजुरी वर्गीकरण कार्य सम्पन्न भएको बताए । पाठकले भने, ‘आयोगमा प्राप्त सबै उजुरी वर्गीकरण गर्ने, आवश्यक छानबिन गर्ने र क्षेत्राधिकार नरहेकालाई खारेजी गर्नेसम्मको काम सकिएको छ । अब विस्तृत अध्ययनको तयारी हो ।’ आयोगको तथ्याङ्क अनुसार उजुरीमध्ये बेपत्ता पुरुषको सङ्ख्या दुई हजार ६५७ रहेको छ । यस्तै द्वन्द्वकालमा बेपत्ता हुने महिलाको सङ्ख्या २२९ छ । बेपत्ता खोजीका लागि परेका उजुरीमध्ये पुरुष सङ्ख्या ९२ प्रतिशत र महिला सङ्ख्या आठ प्रतिशत छ ।

यस्तै, १६ वर्षमुनिका बालबालिका बेपत्ता पारिएको भन्दै खोजीका लागि ११२ उजुरी परेका छन् । यो सङ्ख्या कुल उजुरीको झन्डै चार प्रतिशत हो । युद्धमा निःशस्त्र व्यक्तिलाई कब्जामा लिएर हत्या गर्ने तथा बेपत्ता पार्नुलाई अन्तर्राष्ट्रिय कानुनले समेत दण्डनीय भने पनि निःशस्त्र बेपत्ताको सङ्ख्या प्रारम्भिक तथ्यले ठूलै देखाएको छ । नेपालमा अहिलेसम्म बेपत्ता पार्ने कार्य कानुनी रूपमा कसुरसमेत छैन । व्यक्ति बेपत्ताविरुद्ध कानुन तर्जुमाका लागि आयोगले मस्यौदा तयार पारी विभागीय मन्त्रालयमा पठाएको दश महिना हुन लागे पनि संसद्मा दर्ता समेत भएको छैन ।

आयोगको प्रारम्भिक तथ्याङ्कअनुसार सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका ५० वर्षभन्दा माथि उमेर समूहका १८८ जना छन् । कुल उजुरीको अनुपातमा यो सङ्ख्या साढे ६ प्रतिशत हो । उजुरीमध्ये झन्डै ११ प्रतिशतको उमेर यकिन भएको छैन । दुई हजार ८८६ उजुरीमध्ये ३१७ बेपत्ता व्यक्तिको उमेर नखुलेको गोरखापत्रमा खबर  छ । सबैभन्दा बढी बेपत्ता हुने १६ देखि ५० वर्ष उमेर समूहका छन् । दुई हजार ८८६ मध्ये दुई हजार २६९ जना सो उमेर समूहका छन् । कुल उजुरीमा यो सङ्ख्या झण्डै ७९ प्रतिशत हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आयोगले प्रारम्भिक अनुसन्धानका क्रममा एकै व्यक्ति खोजीका लागि परेका एकभन्दा बढी उजुरीहरू मर्ज गरेको छ । त्यस्ता ६० उजुरी आयोगमा दर्ता भएका थिए । यस्तै, २०५२ साल फागुन १ गतेबाट २०६३ मङ्सिर ५ पछिसम्मका घटनाबाहेक परेका २७ उजुरी खारेज गरेको छ । ऐनअनुसार आयोगलाई सशस्त्र द्वन्द्व सुरु भई शान्ति प्रक्रियामा हस्ताक्षर भएको मिति सम्मका घटनामा उजुरी लिने र छानबिन गरी आवश्यक प्रक्रिया अगाडि बढाउने क्षेत्राधिकार छ । यस्तै आयोगले सत्य निरूपण तथा मेलमिलाप आयोगको क्षेत्रधिकारभित्र पर्ने १३ उजुरी सम्बन्धित आयोगमा पठाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com