‘हाकू पटासी लगाएर समयबजी खाँदैमा नेवार भइन्न’


प्रकाशित मिति : आश्विन २४, २०७५ बुधबार

– रविन बज्राचार्य

नेपाल कम्युनिष्ट पार्टीको उपत्यकाका नेवारहरु सँगको नाता धेरै पुरानो छ। वास्तवमै भन्नेहरुले नेवारहरुले कम्युनिष्ट पार्टीमा धेरै ठूलो योगदान गरेको छ। कम्युनिष्ट पार्टीका संस्थापक नै नेवार हुन। पुष्पलालको बलिदानबाट नै नेपाल कम्युनिष्ट पार्टीको जन्म भएको कुरा सर्व विदितै छ ।

२०४५ सालको आन्दोलनको बाम नेतृत्व पनि  सहाना प्रधानले गरेको ईतिहास साक्षी छ।य ति मात्र नभइ कम्युनिष्ट पार्टीका धेरै नेताहरुको ससुराली पनि नेवार नै परेका छन।यसो भन्दै गर्दा नेपाली काँग्रेस पार्टीमा नेवाहरुको योगदान छैन भनेर भन्नु खोजेको होइन। गणेशमान जी नेका को मात्रै नभएर देशकै सर्वमान्य नेता हुनु भएको हो। तिर्थराम डंगोलले पंचायतकालमै काठमाण्डौंको मेयर जितेका हुन। २०४६ र ६२/६३ को आन्दोलन सफल पार्नमा नेवारहरुकै ठूलो हात छ।

तर हाल सालै आएर सरकारी पक्ष बाट नेवा माथिको दमन बढ्दै गइरहेको छ।बाटो फराकिलो पार्ने नाममा नेवार बस्ति र सभ्यताहरु भत्काउने क्रम जारी नै छ। नेपा दे का शहरहरु अव्यवस्थित होइन शताव्दि अगाडी नै ब्यवस्थित गरेर बनाइएका शहरहरु हुन, त्यसैलाई हेर्न आज विश्वबाट लाखौं संख्यामा पर्यतक नेपाल भित्रिन्छन।त्यसैले शहर ब्यवस्थापनको नाउमा घरहरु भत्काउन दिनु भन्दा पनि, शहर वरिपरि नयाँ शहर वनाउन लगाउनु पर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अब नेवाहरु यस्ता दमनका बिरुध्दमा उत्रिनु पर्ने अवस्था आएको छ। ३ नम्बर प्रदेशकै कुरा गर्ने हो भने, जसलाई नेवा राज्यको रुपमा हेर्ने गरिन्छ, त्यहाँ अष्ट लक्ष्मीको लालिपप देखाएर बर्मूचालाई मुख्य मन्त्री बनाइएको छ। ललितपुर महानगरमा समेत गैर नेवालाई उपमेयर बनाएको छ। हुँदा हुँदा हाल आएर एउटा बर्मूलाई सांसद बनाउन नेवालाई राजीनामा दिन लगाएको छ।

हाकू पटासी लगाएर समयबजी खाँदैमा नेवार भइन्न। नेवा माथी दमन हुँदै गरेको हालको अवस्थामा सम्पूर्ण नेवा एक भएर उठ्न जरुरी छ।नेवा संस्थाहरु समेत पारदर्शी र प्रजातान्त्रिक हुन जरुरी छ। नेवा संस्थाहरुमा पनि छानेर हैन चुनेर कार्यसमिति बनाउने परिपाटी ल्याउन जरुरी छ, सिण्डिकेट तोड्न जरुरी छ। संस्थालाई दुईचार जनाको भन्दा पनि सबैको बनाउन जरुरी छ। नेवाको यिनै कमजोरीहरुकै अन्यहरुले फाइदा लिंदै छन।

रुन्चे गीत गाउँदै दुख पीडा पोख्नु भन्दा पनि बलेको ज्वाला भएर उठ्नु आवश्यकता छ।

काठमाडौंका ७ नम्बर क्षेत्र जुन नेवाहरुको घना बस्ति भएको क्षेत्र हो, त्यहाँ संसदमा प्रतिनिधित्व गर्न सक्ने स्थानिय युवाहरुको कमि छैन। कम्युनिष्टले बाहुनलाई ल्याउँदै भन्दैमा नेपाली काँग्रेसले पनि बाहिरी जिल्लाबाट उम्मेदवार आयात गरेर उठायो भने काँग्रेसको समेत गल्ति हुनेछ।

काँग्रेसबाट स्थानिय युवालाई नै टिकट दिने कुरामा हाल म बिश्वस्त छु, होइन भने स्थानिय नेवाले, आफ्नै मध्येबाट जो कोहिलाई पनि बिजयी तिलक लगाउने छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com