विजुलीको पोलले लागेर कलाकार संघका अध्यक्ष बोगटीको निधन


प्रकाशित मिति : आश्विन २४, २०७५ बुधबार

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको निधन भएको छ। ५८ वर्षिय बोगटीको आज बिहान टिकाथलीमा बिजुलीको पोलले लागेर निधन भएको हो। घर नजिकै रुख काटेको हेर्न पुगेका उनलाई पोलले लागेको थियो।

उनलाई उपचारको लागि ग्वार्को स्थित बी एण्ड बी अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको थियो। पाटन अस्पतालमा पोस्टमार्टम गरिएको र अन्तिम श्रद्धाञ्जलीको कार्यक्रम तय गर्न लागिएको कलाकार संघकी महासचिव सरिता लामिछानेले बताइन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com