चलचित्र ‘बोबी’ले न्यूयोर्कलाई रुवायो


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

दीपक परियार

न्यूयोर्क / संसारभर नेपालीहरू बीचमा चर्चित एवं सर्वाधिक रुचाइएको चलचित्र ‘बोबी’ को न्यूयोर्क मा भव्य प्रदर्शन भएको छ।

दुःख पछि को सुख, मिलन पछि को बिछोड र बिछोड पछि को मिलन। अन्तरजातीय प्रेम र विवाह र परिवार संगको माया।अनि सफलता संग समाज, प्रेमी, प्रेमिका र परिवारको त्रिकोनात्मक प्रेम, माया का बारे मा चलचित्रले सबैको मन छून सफल भएको समाजसेवी अमर गुरुंग ले बताउँनू भयो ।

सामाजिक न्याय र समाज रूपान्तरणका लागी यस प्रकारका धेरै भन्दा धरै फिल्महरू बन्न आवश्यक रहेको दर्शक माया गुरुंग ले बताईन ।अमेरिकाका बिभिन्न शहरमा प्रदर्शन गरिएको ‘बोबी’ न्यूयोर्कमा दूई शो हाउसफूल भएको अमेरिकाका लागी संयोजन गरेकी ममिता गुरुंग ले बताइन । दर्शकको बढ़ी माग भएको ले दशैं पछाड़ी पनि न्यूयोर्कमा पुन शो गर्न लागेको गुरुंग ले बताएकी छन ।

कविता गुरुंग र उमेश थापा बीच को यथार्थ प्रेमकहानी लाई लिएर बनाइएको सो चलचित्र निर्देशक मिलन चेम्स ले निर्देशन गरेका छन । कलाकार बिजय लामा,रूबी राणा देश भक्त लगाएत कलाकार ले अभिनय गरेका छन।

न्यूयोर्क को गुलसन थीयटर मा प्रदर्शन गरिएको ‘बोबी’ हेरीरहँदा दर्शकहरु हुँक्क,हुँक्क गरि रोईरहेका थीए ।आशा गरौं समाजमा भएको कु प्रथा हरू लाई यस्तै चलचित्रहरू गीत,संगीतहरूले जनताका यिनै आँशू, हाँसो र सच्चा प्रेम ले समाज बदल्ने प्रण गरौं । सामाजिक कुरितीका विरुद्ध अब बोल्न थालौं ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com