मन मगन गीतको हिन्दी भर्सन सार्वजनिक (भिडियो सहित)


प्रकाशित मिति : आश्विन २३, २०७५ मंगलबार

अहिले जताततै चर्चा छ गीत मनमगनको । मनमगन गीतले अत्यधिक चर्चा पाएपछि गायक दिपक बज्राचार्य र उनको ब्याण्ड अझै बढि व्यस्त बनेका छन् । मनमगनको नेपाली भर्सनले अध्यधिक सफलता पश्चात् नेवारी र हिन्दी भर्सन पनि सार्वजनिक भएको छ ।

दिपक बज्राचार्यको स्वर तथा रिकी शाक्यको शब्दमा बनेको मनमगन गीतले अहिले राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तर मै चर्चा बटुलिरहेको छ । गीतमा बज्राचार्य र शाक्यले संयुक्त रुपमा संगीत सिर्जना गरेका हुन् । हिन्दी भर्सनमा गीतको बोल ‘मन का मगन’ रहेको छ ।

भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्यूनमार्फत् मनमगनको हिन्दी भर्सन सार्वजनिक भएको हो । डिजिट्यूनले गायक बज्राचार्यसंग पाँच वर्षका लागी सांगितिक कार्यका लागि सम्झौता गरेको छ । गायक बज्राचार्यले डिजिट्यूनका लागी हिन्दी गीतहरु पनि गाउने छन् । डिजिट्यूनले मनमगनको हिन्दी संस्करणलाई भारतमा प्रवद्र्धन गरिरहेको छ ।

कम्पनीले बज्राचार्यलाई मौलिक हिन्दी गीतहरु पनि गाउन लगाउने जनाईएको छ । गायक बज्राचार्य सोहि गीतको अध्यधिक चर्चा पश्चात् यतिखेर सांगितिक प्रस्तुतीका लागि अष्ट्रेलियामा व्यस्त छन् । यस अघि नै मनमगनको नेपाल भाषा भर्सन पनि सार्वजनिक भैसकेको छ।

https://youtu.be/ShMngThsRj4

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com