३ खर्ब ३७ अर्ब १० करोड रुपैयाँ रेमिट्यान्स नेपाल बाहिर जान्छ ! कहाँ छन् यति धेरै लैजाने विदेशी कामदार ?


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

नेपाल र भारतका बिचमा लामो समयदेखि व्यापार भइरहेको छ । पछिल्लो समय नेपालले व्यापारमा छिमेकी देशहरुमा निर्यात भन्दा आयात धेरैं गर्ने गरेको छ जसको असर प्रत्यक्ष रुपमा नेपालको अर्थतन्त्रमा पर्ने गरेको जानकारहरु बताउछन । नेपालले औपचारिक माध्यमबाट भित्र्याउने रेमिट्यान्स बढेर वार्षिक ७ खर्ब ५५ अर्ब रुपैया पुगिरहेका बेला यहाँबाट बाहिरिने रेमिट्यान्स पनि बढेर ३ खर्ब ३७ अर्ब १० करोड रुपैया नाघेको छ।

विश्व बैकद्वारा हालै अद्यावधिक गरिएको द्विपक्षीय रेमिट्यान्स आप्रवाह तथ्यांकअनुसार सन् २०१७ मा नेपालबाट रेमिट्यान्सबाट ३ अर्ब २२ करोड ५९ लाख अमेरिकी डलर बाहिरिएको छ। गत वा अमेरिकी डलरसँग औसत विनिमयदर १०४ रुपैयाँ ५० पैसा थियो। यो सन् २०१६ को तुलनामा २ अर्ब ६० करोड भन्दा बढी भएको छ। सन् २०१६ मा नेपालबाट २ अर्ब ९४ करोड २५ लाख अमेरिकी डलर बाहिरिएको हो।, आजको कारोवार दैनिकमा खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com