बलात्कारीलाई ठोक्नेदेखि रोक्नेसम्म को सिप सिक्दै महिलाहरु


प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

महिलाहरुले यौन दुराचारीलाई ठोक्नदेखि रोक्नसम्म सिक्न शुरु गरेको छ । सात नम्बर प्रदेशमा शनिबारदेखि शुरु भएको शिविरमा बालिका तथा महिलाहरूलाई शारीरिक तथा मानसिक रुपमा यौन दुराचारीबाट कसरी जोगिने भन्ने कुरा सिकाइन थालेको हो ।

महिलामाथि बलात्कार जस्ता जघन्य अपराध बढ्न थालेपछि महिला अधिकारवादी संघ संस्थाहरूको समन्वयमा राष्ट्रिय गोजुरियो कराते दो संघ नेपालले महिलाका लागि एक हप्ते आत्मरक्षा शिविर सञ्चालन गरेको हो ।

शिविर महिलाहरूलाई ‘किक’ र ‘पञ्च’ हान्न सिकाएर आत्मविश्वासी बनाउने उद्देश्यले सञ्चालन गरिएको आयोजक गोजुरियो कराते दो संघ नेपालका केन्द्रीय महासचिव प्रकाशकुमार चन्दले बताए ।

शिविरमा स्कुले विद्यार्थी, अधिकारकर्मी, गृहिणी, व्यापारी महिलाहरूको सहभागिता रहेको चन्दले जानकारी दिए । उनले महिलाहरूको लागि यो तालिम पुरुषसंग लड्न नभइ आफ्नै आत्मरक्षाका लागि भएको बताए ।

बलात्कार गर्न खोज्नेको कुन–कुन भागमा हिर्काउँदा आफूलाई जोगाउन सकिन्छ भन्ने विषयमा शिविर अवधिभरी महिला तथा किशोरीहरूलाई अभ्यस्त पारिने उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com