‘ख्यालठट्टा होइन, षड्यन्त्र भइरहेको छ’


प्रकाशित मिति : मंसिर २२, २०७३ बुधबार

सरकारले ल्याएको संविधान संशोधन विधेयक फिर्ता गर्न माग गर्दै विपक्षी दलहरुले बुधबार पनि व्यवस्थापिका संसद बैठक अवरुद्ध पारेका छन् ।बुधबारको बैठक सुरु हुनासाथ राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विशेष समय लिएर बोल्दै संशोधनको विरोध गरे । केसीले ग्रान्डडिजाइन अनुरुप संशोधन प्रस्ताव आएको भन्दै कुनैपनि हालतमा स्वीकार्य नहुने बताए ।

अहिले ५ नम्बर प्रदेशलाई टुक्र्याउने र त्यसपछि पूर्व र पश्चिम माग्ने योजना रहेको भन्दै उनले सिंगो मधेसलाई पहाडबाट अलग गरेर सिक्किम बनाउन खोजिएको आरोप लगाए । ‘ख्यालठ्ट्टा होइन, यहाँ ठूलो षड्यन्त्र भइरहेको छ,’ केसीको भनाई छ । अध्यक्ष केसीले बोलेलगत्तै विपक्षी दलका सांसदहरु आ-आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । सभामुख ओनसरी घर्ती मगरले पटक-पटक बस्न आग्रह गर्दा उनीहरुले घर्तीको आग्रहलाई अस्वीकार गरे । विपक्षीको अवरोध जारी रहेपछि सभामुखले बैठक २४ गतेसम्मका लागि स्थगित गरिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com