सबैले सुन्नेगरी भन्छु- म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न” : प्रधानमन्त्री ओली
प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भ्रष्टाचारविरुद्ध लागि परेको बताउनुभएको छ ।
पत्रकार शुभशङ्कर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’को विमोचनपछि प्रधानमन्त्री ओलीले भन्नुभयो “सबैले सुन्नेगरी भन्दछु, म भ्रष्टाचार गर्दिन, गर्न पनि दिन्न ।” जनताले बहुमतसहित स्थिर सरकार बनाउन जनमत दिएका र आफूले प्रतिबद्धता जनाएका कुरा पूरा गरी छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले सरकार गठनयता सरकारका काम कारबाही द्रूत गतिमा बढेको दाबी गर्दै भन्नुभयो “पछिल्लो सात महिनामा मौलिक हक कार्यान्वयनका लागि अावश्यक कानून निर्माण र संशोधनका काम भएका छन् र सातै प्रदेशमा नयाँ कार्यालय स्थापना गर्ने काम भएका छन् । यसैगरी अर्थतन्त्र तङ्ग्रिन थालेको छ ।”
उहाँले भन्नुभयो “अब जनअपेक्षा अनुसारका देखिने गरी कामको थालनी हुन्छ ।”कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूले शान्ति प्रक्रियाका बेला र त्यसअघि केही त्रुटि गरेको स्वीकार गर्दै भन्नुभयो, “गिरिजाप्रसादलाई नै राष्ट्रपति बनाउनुपर्ने थियो त्यो त्रुटि भएकै हो ।”