५ वर्षमा भएका सडक दुर्घटनामा ११ हजारको मृत्यु
प्रकाशित मिति : आश्विन २२, २०७५ सोमबार

मर्मतसम्भार नगरिएका र जथाभावी खनिएका सडकले दुर्घटना बढाएको छ । देशभर पछिल्लो ५ वर्षमा ७९ हजार ४ सय १७ सवारी दुर्घटना भएका छन् ।
दुर्घटनामा १० हजार ७ सय २२ जनाले ज्यान गुमाए भने २० हजार १ सय ४६ गम्भिर घाइते भए । साधारण घाइतेको संख्या ४० हजार ७ सय ५४ छ । ट्राफिक निर्देशनमलयको तथ्याङ अनुसार हरेक वर्ष दुर्घटना बढ्दै छ ।
गत आर्थिक वर्ष (२०७४–७५) मा मात्रै झण्डै २ हजार सडक दुर्घटना भए जसमा अढाइ हजारले ज्यान गुमाएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।