माइक्रो चालकलाई पनि पोसाक
प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार

राजधानीमा चल्ने माइक्रो बसका चालक तथा सहचालकले मंसिर १ देखि फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने भएको छ । महानगरीय ट्राफिक महाशाखा र नेपाल यातायात व्यवसायीक राष्ट्रिय महासंघको बैठकले पोसाक लगाउनुपर्ने निर्णय गरेको हो ।
महाशाखाका अनुसार चालककले सुन्तला र सहचालकले हरियो रंगको ज्यमकेट लगाउनु पर्नेछ । महाशाखाकै पहलमा उपत्यकामा सञ्चालित ट्याक्सी चालकलाई फ्लोरेन्स ज्याकेट अनिवार्य गरेको छ ।
ज्याकेटले माइक्रोबास चालकको पहिचान हुने, रातिको समयमा चम्किलो देखिने र सेवाग्राहीलाई गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने विश्वास महाशाखाको रहेकाे छ ।